Advertisement
Advertisement
Corporate Samachar
९ जेष्ठ २०८३, शनिबार
Advertisement
Advertisement
विज्ञापन
Advertisement

खानेपानीको समस्या दीर्घाकालीन रुपमा समाधान गछौँ : मन्त्री यादव

खानेपानीको समस्या दीर्घाकालीन रुपमा समाधान गछौँ : मन्त्री यादव
विज्ञापन
Advertisement

काठमाडौँ । खानेपानीमन्त्री प्रदीप यादवले खानेपानीको क्षेत्रमा देखिएका समस्या दीर्घाकालीन रुपमा समाधान गर्न मन्त्रालय कटिबद्ध रहेको बताएका छन् ।
मन्त्रालयमा आज काठमाडौँ उपत्यका खानेपानी लिमिटेड (केयुकेएल) का प्रमुख कार्यकारी अधिकृत (सिइओ) तथा केयुकेएल कर्मचारी ट्रेड युनियनसँगको छलफल तथा बैठकमा उनले यस्तो बताएका हुन्।

विज्ञापन
Advertisement
Advertisement

उनले भने, ‘खानेपानीका क्षेत्रमा देखिएका समस्या समाधान गर्न मन्त्रालय आफ्नो क्षेत्रबाट लागिपरेको छ, आमनागरिकले सहजरूपमा खानेपानीको प्रयोग गर्न सक्ने गरी खानेपानीको व्यवस्थापन गरौँ।’ मन्त्री यादवले काठमाडौँ उपत्यकामा सहज रूपमा खानेपानी वितरण, लिकेज भएका पाइपलाइन मर्मत, खानेपानीका मिटर वितरण गर्ने लगायतका कार्य छिटो छरितो गर्न आग्रह गरे। उनले भने, ‘खानेपानीका लिकेज भएका पाइप लाइन चाँडो मर्मत गर्नुहोला, नागरिकले खानेपानीका मिटर नपाएको गुनासो गर्दै आएका छन्, मिटरको चाँडो व्यवस्था गर्न मेरो आग्रह छ।’

खानेपानी मन्त्रालय काठमाडौँ उपत्यका खानेपानी लिमिटेड (केयुकेएल) को अभिभावक भएकाले केयुकेएललाई सहज रूपमा पानी वितरण गर्ने कार्यमा मन्त्रालयले पूर्ण साथ र सहयोग गर्दै आएको तथा आगामी दिनमा पनि सम्पूर्ण सहयोग गर्ने मन्त्री यादवको भनाइ थियो। काठमाडौँ उपत्यकासहित देशभरका खानेपानीका समस्या समाधानका लागि मन्त्रालयले कदम चालिरहेको समेत उनले बताए। यसैगरी मन्त्री यादवले प्रमुख कार्यकारी अधिकृत (सिइओ) तथा केयुकेएल कर्मचारी ट्रेड युनियनबीच आपसी मेलमिलाप रही नागरिकलाई खानेपानी पुर्‍याउने कार्यलाई निरन्तरता दिनसमेत आग्रह गरे। उक्त बैठकमा मन्त्रालयका सचिव ई प्रमिलादेवी शाक्य बज्राचार्यले काठमाडौँ उपत्यका खानेपानी लिमिटेड (केयुकेएल) ले यहाँका नागरिकलाई खानेपानी वितरणको कार्य गर्दै आइरहेको र अबका दिनमा पनि उक्त कार्यलाई थप अघि बढाउँदै पानी लिकेज भएका ठाउँमा चाडो मर्मत गर्नुपर्ने धारणा राखेकी थिइन्।

केयुकेएलका प्रमुख कार्यकारी अधिकृत अशोककुमार पौडेलले काठमाडौँ उपत्यकामा खानेपानी वितरण लगायतका विभिन्न काम भइरहेका र गत असोज ११ गतेको बाढीका कारण कतिपय ठाउँका खानेपानीका मुहान बाढीले बगाएकाले समस्या उत्पन्न भएको बताए।

 

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

Reporter

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit