Advertisement
Advertisement
Corporate Samachar
३ असार २०८३, बुधबार
Advertisement

कृषि बीमाको भुक्तानी गर्न ८० करोड पठायौँ : प्रधानमन्त्री ओली

कृषि बीमाको भुक्तानी गर्न ८० करोड पठायौँ : प्रधानमन्त्री ओली
विज्ञापन
Advertisement

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले कृषि बीमाबापतको भुक्तानी गर्न ८० करोड रुपैयाँ नेपाली बीमा प्राधिकरणको खातामा पठाईसकेको बताएका छन्।

विज्ञापन
Advertisement
Advertisement

आज संघीय संसद भवन नयाँबानेश्वरमा प्रतिनिधिसभाको हिउँदे अधिवेशनको पहिलो बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले कृषि बीमाबापतको भुक्तानी पठाइएको जानकारी गराएका हुन्। ‘कृषिबाली तथा पशुधन बीमामा समावेश भएका हजारौँ किसानको बीमाबापतको भुक्तानी गर्न ८० करोड रुपैयाँ बीमा प्राधिकरणको खातामा पठाइएको छ’, प्रधानमन्त्री ओलीले भने।

यस्तै, उनले आफू नेतृत्वको सरकार बनेको १०० दिनभित्र ३५ जिल्लाका १५ लाखभन्दा बढी दुग्ध किसानलाई भुक्तानी दिएको उल्लेख गरे ।
ओलीले ७५ हजार उखु किसानलाई सरकारले अनुदानबापतको भुक्तानी समेत उपलब्ध गराएको बताए । ‘करिब ७५ हजार उखु किसान, जसले वर्षौंदेखि आफ्नो पसिनाको मूल्य पाउन सकेका थिएनन्, उनीहरुले पनि आफ्नो अनुदानबापतको भुक्तानी पाइसकेका छन्’, प्रधानमन्त्री ओलीले भने।

प्रधानमन्त्री ओलीले निर्माण व्यवसायीको कानुनसम्मत रुपमा सिर्जना भएको तर भुक्तानी नभएको विगत आर्थिक वर्षदेखिको ३० अर्ब रुपैयाँको दायित्व फरफारक गरेको भन्दै थपे, ‘अर्थतन्त्रमा नगद प्रवाह गर्न सरकार बन्ने बित्तिकै लामो समयदेखि भुक्तानी नदिने सरकारी रवैयालाई सुधार गर्यौं, उनले भने।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

Reporter

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit