Advertisement
Advertisement
Corporate Samachar
४ असार २०८३, बिहीबार
Advertisement

४० लाख रुपैयाँमा बनाइएको ग्रामीण खानेपानी आयोजनाबाट ४ सय परिवार लाभान्वित

४० लाख रुपैयाँमा बनाइएको ग्रामीण खानेपानी आयोजनाबाट ४ सय परिवार लाभान्वित
विज्ञापन
Advertisement

म्याग्दी । मालिका गाउँपालिका–३ लुक्सीपारमा ‘एक घर, एक धारा’ कार्यक्रमअन्तर्गत ३९ लाख २३ हजार रुपैयाँ लागतमा खानेपानी आयोजना निर्माण सम्पन्न भएको छ । आयोजनाबाट करिब ४०० जना लाभान्वित भएका छन् ।

विज्ञापन
Advertisement
Advertisement

नेपाल स्वास्थ्यका लागि पानी (नेवा) को १७ लाख ७४ हजार ७२९, मालिका गाउँपालिकाको नौ लाख ९५ हजार ५०९ र उपभोक्ताको ११ लाख ५३ हजार २५० रुपैयाँ बराबरको श्रमदानमा आयोजना सम्पन्न भएको नेवाका प्राविधिक रुपक थापाले जानकारी दिए ।

मालिका गाउँपालिका र नेवाको साझेदारीमा चालु आर्थिक वर्ष २०८१/०८२ मा मालिका गाउँपालिका–३ मा पात्ले, लुक्सीपार र डाँडागाउँमा तीन वटा खानेपानी योजना निर्माण भएका छन् । ती योजनाहरुबाट ४०० परिवार लाभान्वित भएका वडाध्यक्ष मोतीप्रसाद बुढाले बताए । डाँडागाउँ, किटेनी, औल, सराग्दी, स्यागलुङ, पात्ले र लुुक्सीपार टोलमा खानेपानी सुविधा विस्तार भएको उनले बताए ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit