Advertisement
Advertisement
Corporate Samachar
९ जेष्ठ २०८३, शनिबार
Advertisement
Advertisement
विज्ञापन
Advertisement

अर्थतन्त्र सुदृढ बनाउन अध्यादेश ल्याइएको होः उपसभापति खड्का

अर्थतन्त्र सुदृढ बनाउन अध्यादेश ल्याइएको होः उपसभापति खड्का
विज्ञापन
Advertisement

मोरङ । नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काले सरकारले मुलुकको अर्थतन्त्र सदृढ बनाउँदै जनतालाई समृद्धि बनाउन अध्यादेश ल्याएको बताएका छन् ।

विज्ञापन
Advertisement
Advertisement

आपूर्ति तथा उपभोक्ता विभागद्वारा आज विराटनगरमा आयोजित ‘वर्तमान अवस्थामा आपूर्ति व्यवस्था र उपभोक्ताको अधिकार’सम्बन्धी अन्तरक्रिया कार्यक्रममा उनले जनतालाई सहज आपूर्ति व्यवस्था गर्नु, जनताको हित गर्नु, मुलुकमा लगानी भित्र्याउनु, विदेशमा सूचना प्रविधिको कम्पनी स्थापना गरी स्वदेशमा रोजगारी सिर्जना गर्नुलगायत उद्देश्यसहित अध्यादेश ल्याइएको जानकारी दिए ।

पूर्वउपप्रधानमन्त्रीसमेत रहनुभएका खड्काले दुई÷दुई महिनामा सरकार परिवर्तनले जनता छाएको निराशालाई आत्मविश्वासमा परिणात गर्न, मुलुकमा समृद्धि ल्याउन वर्तमान गठबन्धन सरकार निर्माण भएको उल्लेख गरे । उनले नेपाली कांग्रेस र एमालेबीच विसं २०५१ पछि देश जनता, मुलुकको स्वाधिनताको रक्षा र ठूला परिवर्तनका लागि संयुक्त गठबन्धन सरकार निर्माण भएको इतिहास रहेको स्मरण गराए ।

उपसभापति खड्काले संविधानको कार्यान्वयनसँग जोडिका ऐनहरू संसद्का सम्बन्धित समितिमा गएका जानकारी दिए । उनले उपभोक्ता संरक्षण ऐनमा कालो बजारी नियन्त्रणसम्बन्धी व्यवस्था रहेको भन्दै केही थप्नुपरेमा विभागलाई आवश्यक सुझाव दिन आग्रह गरे ।

प्रदेशका पूर्वमुख्यमन्त्री उद्धव थापाले जनतालाई गुणस्तरीय वस्तु तोकिएको मूल्यमा सहज आपूर्तिको व्यवस्था गर्नुपर्ने सुझाव दिए र उनले प्रदेशको मेरुदण्डका रूपमा रहेको जोगवनी–किमाथान्का सडक निर्माण सम्पन्न पश्चात् प्रदेशको जनसङ्ख्या बराबरका पर्यटक चीन र भारतबाट आउने विश्वास व्यक्त गरे । प्रदेशका अर्का पूर्वमुख्यमन्त्री केदार कार्कीले नागरिकलाई सहज आपूर्तिका लागि व्यापारिक ‘सिण्डिकेट’को अन्त्य हुनुपर्ने सुझाव दिए ।

नेपाली कांग्रेसका केन्द्रीय सदस्य मीन विश्वकर्माले नागरिकको चुल्हो महँगिएकाले त्यसको समाधान गर्नुपर्नेमा जोड दिए। नेपाली कांग्रेसका केन्द्रीय सदस्यद्वय भीम पराजुली र राजीव ढुङ्गानाले सरकारले इमान्दारीपूर्व अनुगमन गर्नुपर्ने सुझाव दिँदै किसानले आफ्नो उत्पादनको उचित मूल्य प्राप्त गर्ने वातावरण सरकारले बनाउनुपर्नेमा जोड दिए।

विभागका संयोजक गुरु बराल, केन्दीय सदस्य फुलकुमार लालवानी, भूमि आयोगका पूर्वअध्यक्ष केशव निरौला, प्रदेशसभाका सांसद गयानन्द मण्डल, प्रदेश योजना आयोगका सदस्य डा. प्रमिला गच्छदारलगायतले स्वदेशी उत्पादनको प्रयोगमा जोड दिँदै व्यावहारिक रूपमा जनताका समस्या समाधान गरी समृद्धितर्फ लाग्नुपर्ने सुझाव दिए ।

अन्तरक्रिया कार्यक्रममा उपभोक्ता संरक्षणमा आबद्ध विभिन्न सङ्घसंस्था, विभिन्न व्यापारिक सङ्घसङ्गठनका प्रतिनिधिहरूको सहभागिता थियो ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

Reporter

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit