Advertisement
Advertisement
Corporate Samachar
२७ जेष्ठ २०८३, बुधबार
Advertisement
Advertisement
विज्ञापन
Advertisement

भिभो एक्स२०० प्रो : स्मार्टफोन प्रविधिमा नयाँ युगको सुरुवात

भिभो एक्स२०० प्रो : स्मार्टफोन प्रविधिमा नयाँ युगको सुरुवात
विज्ञापन
Advertisement

 काठमाडाैं । विश्व प्रख्यात मोबाइल प्रविधि ब्रान्ड भिभोले नयाँ फ्ल्यागशिप स्मार्टफोन, ‘भिभो एक्स२०० प्रो’ नेपालमा ‘लन्च’ गरेको छ । काठमाडौँ स्थितएक भव्य कार्यक्रममार्फत यो स्मार्टफोन सार्वजनिक गरिएको हो। कार्यक्रमलाई अझ विशेष बनाउन, भिभो नेपालका ब्रान्ड एम्बेसडर पारस खड्काले भिभो एक्स२०० प्रोलाई अनावरण गरे, जसले स्मार्टफोन प्रविधिमा नयाँ अध्यायको शुरुवात गरेको छ ।

विज्ञापन
Advertisement
Advertisement

‘भिभो एक्स२०० प्रो’ले स्मार्टफोन प्रविधिमा नयाँ बेन्चमार्क कायम गर्दै जाइस् लेन्सको सहकार्यमा उत्कृष्ट फोटो क्वालिटीसँगै शक्तिशाली प्रदर्शन र आधुनिक डिजाइन भएको दाबी कम्पनीले गरेको छ । लन्च कार्यक्रममा बोल्दै भिभो नेपालका ब्रान्ड म्यानेजर दिपेश खनालले ‘एक्स२०० प्रो’ प्रविधिको उच्चतम प्रयोग गर्नेहरूको लागी ल्याइएको बताए ।

भिभो–जाइस् सहकार्यमा विकसित इमेजिङ प्रणालीले स्मार्टफोन फोटोग्राफीमा क्रान्ति ल्याउने विश्वास गरिएको छ । २०० मेगापिक्सेलको ‘जाइस् एपिओ’ क्यामेराले अद्वितीय तस्वीर अनुभव प्रदान गर्दै, जाइस् टि स्टार कोटिंग मार्फत जुम गरिएका तस्वीरहरूको रंग सन्तुलित राखी तिनलाई अझ उत्कृष्ट बनाउँछ । पोट्र्रेट, हाइपरजुम, म्याक्रो, नाइटस्केप र सनसेट मोडजस्ता फिचरहरूले फोटोग्राफी प्रेमीहरूलाई उन्नत अनुभव प्रदान गर्नेछन् ।

यसमा १\१.४ इन्च सेन्सर र फ्लोटिङ पेरिस्कोप प्रणाली छ, जसले टाढाका वस्तुहरूलाई उच्च स्पष्टताका साथ कैद गर्न सक्षम बनाउँछ । त्यसैगरी, जाइस् सिनेमाटिक पोट्र्रेट भिडियो क्षमता, १२० एफपीएस ‘स्लो मोसन’ र ४ के ६० एफपीएस डल्बी भिजन डल्बी भिजन सपोर्ट जस्ता विशेषताहरूले भिडियो अनुभवलाई थप आकर्षक र प्रभावशाली बनाउँछ ।

भिभो एक्स २०० प्रो अत्याधुनिक मिडियाटेक डाइमेन्सिटी ९४०० चिपसेटमा सञ्चालित छ, जसले उच्च कार्यक्षमता प्रदान गर्छ । १२–कोर जीपीयूको समावेशले गेमिङ अनुभवलाई प्रभावकारी बनाउँछ । यसमा ६००० एमएएच ब्याट्रीसहित, ९० वाट फ्याल्स चार्जिङ र ३० वाट वायरलेस चार्जिङ सुविधा उपलब्ध छ, जसले द्रुत चार्जिङ अनुभव प्रदान गर्छ । थप रूपमा, तेस्रो–पुस्ताको सिलिकन एनोड प्रविधि र सेमी–सोलिड ब्याट्री टेक्नोलोजीको प्रयोगले चिसो तापक्रममा पनि उत्कृष्ट ब्याट्री प्रदर्शन सुनिश्चित गर्छ ।

भिभो एक्स २०० प्रोलाई एआई सक्षम स्मार्टफोनको रूपमा डिजाइन गरिएको छ, जसमा गुगल जेमिनी एआई प्रविधि समाबेश छ, जसले इमेल लेखन र सिकाइका अवसरहरू सहज बनाउँछ । एआई नोट असिस्ट, एआई ट्रान्सक्रिप्ट असिस्ट र सर्कल टु सर्चजस्ता सुविधाले खोजी प्रक्रियालाई तीव्र बनाउँछ, जबकि एआई ईरेज, फोटो इन्ह्यास र स्याडो रिमुवलले फोटो सम्पादनलाई सरल र प्रभावकारी बनाउँछ । फनटच ओएस १५ मा सञ्चालित यस स्मार्टफोनमा डेडिकेटेड सुरक्षा चिप राखिएको छ, जसले लक स्क्रिन पासवर्ड र बायोमेट्रिक डाटा सुरक्षित राख्छ । साथै, ‘सेफ डेटा पर्ज’ फिचरले व्यक्तिगत जानकारी पूर्ण रूपमा मेट्न सक्ने सुविधा प्रदान गर्छ।

भिभो एक्स २०० प्रोको प्री–बुकिङ मार्च ५ सम्म खुला रहनेछ, जसको मूल्य रु. १,८४,९९९ निर्धारण गरिएको छ । प्री–बुकिङ गर्ने ग्राहकहरूलाई लागि रु. १०,००० क्यासब्याकको सुविधा उपलब्ध हुने  । यो स्मार्टफोन मार्च ६ बाट आधिकारिक स्टोरहरू तथा दराज अनलाइन मार्फत बिक्री सुरु हुनेछ । प्रख्यात युट्युबर तथा प्रविधि विज्ञ मिस्टर हुइजदबोसले भिभो एक्स २०० प्रालाई ‘सर्वश्रेष्ठ क्यामेरा’, ‘सर्वश्रेष्ठ ब्याट्री’, तथा ‘ओभरअल च्याम्पियन’ उपाधि प्रदान गरिसकेका छन्। आधुनिक प्रविधि, उच्च सुरक्षा, र उन्नत फोटोग्राफी क्षमतासहित, यो स्मार्टफोन नेपाली बजारमा उत्कृष्ट विकल्प बन्न सक्ने अपेक्षा गरिएको छ ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

Reporter

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit