images images
images images
images

अष्ट्रेलियाका लागि चेम्बरले संजिव शर्मालाई बनायो व्यापार सहजकर्ता

images
images
images

काठमाडौँ । नेपाल चेम्बर अफ कमर्सले अष्ट्रेलियामा व्यापार सहजिकरणका लागि आफ्नो प्रतिनिधि चयन गरेको छ ।

चेम्बर अफ कमर्स सल्लाहकार परिषद्का अध्यक्ष राजेशकाजी श्रेष्ठले एनआरएन आईसीसी अनररी काउन्सिल सदस्य एवं व्यवसायी संजिव शर्मालाई चेम्बर अनररी रिप्रेजेन्टेटिभ्सको प्रमाणपत्र हस्तान्तरण गरेका छन् । ​अष्ट्रेलियामा आयोजित एक कार्यक्रममा सल्लाहकार परिषद् अध्यक्ष श्रेष्ठले अनररी रिप्रेजेन्टेटिभ्सको प्रमाणपत्र सहित आगामी कार्यकालका लागि शर्मालाई बधाई एवं शुभकामना दिए ।

images
images

नेपाल र अष्ट्रेलियाबीच व्यपार प्रर्वद्धन, पर्यटन एवं लगानीबारे सहकार्य गर्न शार्मालाई अनररी रिप्रेजेन्टेटिभ्सका रुपमा चयन गरिएको चेम्बरद्धारा जारी विज्ञप्तिमा उल्लेख छ । ​ ‘नेपालबाट अष्ट्रेलियामा निर्यातको राम्रो सम्भावना देखिएको छ । चालु आर्थिक वर्षमा मात्रै ८४ करोड रुपियाँ बराबरको निर्यात भएको छ । घरेलु तथा हस्तकलाका सामाग्री, कार्पेट, पास्ता लगायतका सामाग्री निर्यातका लागि अष्ट्रेलिया राम्रो बजार छ,’ श्रेष्ठले भनेका छन् ।

अष्ट्रेलिया नेपालीहरुको बसोबास उल्लेख्य रहेको र व्यापारिक दृष्टिकोणले पनि महत्व राख्ने भएकाले व्यापार सहजीकरणका लागि प्रतिनिधि चयन गरिएको सल्लाहकार परिषदका अध्यक्ष श्रेष्ठले उल्लेख गरेका छन् । उनले अष्ट्रेलियामा रहेका गैरआवासीय नेपालीहरुको स्वदेशमा लगानी भित्र्याउन सल्लाहकार परिषद्का अध्यक्ष श्रेष्ठले शर्मालाई आग्रह गरे । चेम्बरका अनररी रिप्रेजेन्टेटिभ्स शर्माले नेपालमा लगानी भित्र्याउन एवं व्यापार सहजीकरणका लागि आफुले पहल गर्ने प्रतिवद्धता जनाए ।

नेपाल चेम्बरले विभिन्न देशमा व्यापार सहजीकरण, एवं निर्यात प्रर्वद्धनका लागि प्रतिनिधि चयन गर्दै आएको छ । सोही क्रममा चेम्बरले अष्ट्रेलियामा व्यापार सहजिकरणका लागि शर्मालाई अनररी प्रतिनिधि बनाएको हो ।

images
images

प्रतिक्रिया दिनुहोस्