Advertisement
Advertisement
Corporate Samachar
२७ जेष्ठ २०८३, बुधबार
Advertisement
Advertisement
विज्ञापन
Advertisement

कर्पोरेट एवार्ड : लाइफ टाइम एवार्ड पर्यटन व्यवसायी शाक्यले पाउँदा लिडरशिप मेल एवार्ड जिवा लामिछानेलाई

कर्पोरेट एवार्ड :  लाइफ टाइम एवार्ड पर्यटन व्यवसायी शाक्यले पाउँदा लिडरशिप मेल एवार्ड जिवा लामिछानेलाई
विज्ञापन
Advertisement

काठमाडौं । कर्पोरेट क्लव नेपाल प्राइभेट लिमिटेडले देशको आर्थिक र सामाजिक क्षेत्रमा योगदान पुर्‍याइरहेका विभिन्न व्यक्ति र संस्थालाई २२ विधामा कर्पोरेट एवार्ड प्रदान गरेको छ ।

विज्ञापन
Advertisement
Advertisement

एस र एडीस २०२४ आयोजक कमिटीका सह अध्यक्ष सम्झना शर्माका अनुसार कर्पोरेट एवार्ड वितरण गर्नका लागि चार सदस्यीय निर्णायक मण्डल बनाइएको थियो । यो निर्णायक मण्डलले छनौट गरेका विभिन्न कर्पोरेट हाउसलाई एवार्ड प्रदान गरिएको थियो ।

शर्माका अनुसार लाइफ टाइम एवार्ड पर्यटन व्यवसायी कर्ण शाक्यलाई प्रदान गरिएको छ । यस्तै, लिडरशिप मेल एवार्ड जिवा लामिछाने तथा लिडरशिप फिमेल एवार्ड उपासना पौडेलले पाएका छन् । आउटस्टाण्डिङ कन्ट्रीव्युसन इन्दीभ्युजअल एवार्ड महिला उद्यमी इन्दिरा सापकोटा, आउटस्टाण्डिङ कन्ट्रीव्युसन इन्स्टिच्युटतर्फ नेपथ्य, कालिका मानव ज्ञान सेकेन्ड्री स्कूललाई दिँदा स्वास्थ्य सेवातर्फ गीता आँखा अस्पताल, एमएनसी क्याटेगरीतर्फ एनसेल, कमर्शियल बैंकतर्फ नेपाल एसबीआई बैंक, होटेलतर्फ द सोल्टी काठमाडौं, इन्सुरेन्स र लाइफ इन्सुरेन्सतर्फ सिटीजन लाइफ इन्सुरेन्सलाई एवार्ड पाएका छन्।

यसैगरी, डेभलपमेन्ट बैंकतर्फ गरिमा विकास बैंक, लोकल म्यानुफ्याक्चरिङतर्फ शिवम सिमेन्ट, सोसल इन्टरप्राइजेजतर्फ फूलप्रसाद, फर्मातर्फ एशियन फर्माच्युटिकल, नन लाइफ इन्सुरेन्सतर्फ सगरमाथा लुम्बिनी इन्सुरेन्स, कन्ट्रक्सनतर्फ शर्मा एण्ड कम्पनी, कृषितर्फ श्रीनगर एग्रो, सूचना सञ्चार तथा प्रविधितर्फ किम्बु टेक, एसएमईतर्फ नित्या ट्रेडिसनल ट्रयाक, ग्रीन इनिसिएसिभतर्फ भेन्चर वेस्ट टु इनर्जी र स्टार्टअपतर्फ डेलिस डेरीलाई कर्पोरेट एवार्ड प्रदान गरिएको छ ।

अवार्डबाट सम्मानित हुने व्यक्ति तथा संघ संस्थाले काम गर्ने हौसला मिलेको बताएका छन् । लाइफ टाइम एवार्डबाट सम्मानित भएका कर्ण शाक्यले यस्ता अवार्ड कामबाट विश्राम लिने सोच आफूमा नआउने गरेको धारणा राखे । ८३ वर्षसम्म काममा सक्रिय रहेको बताउँदै उनले सास रहुन्जेलसम्म काम गरिराख्ने बताए । उनले भने, ‘मैले आफ्नो व्ययसावबाट ७ वर्ष अगाडि नै विश्राम लिएँ तर, अहिले सकारात्मक सोच अघि बढाइरहेको छु ।’

एवार्ड फर कर्पोरेट एक्सलेन्सी र एवार्ड फर डिस्टिन्ग्युज्ड सर्भिस २०२४ को चौथो संस्करणअन्तर्गत आयोजित ‘द एचआरएम अवार्ड फर कर्पोरेट एक्सिलेन्स’ सम्मान कार्यक्रमको उदघाट्न गृहमन्त्री रमेश लेखकले गरेका थिए ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

Reporter

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit