Advertisement
Advertisement
Corporate Samachar
५ असार २०८३, शुक्रबार
Advertisement

सुर्य नेपाल एनपीजीए टुर च्याम्पियनसिप : तोरण शीर्षस्थानमा कायमै

सुर्य नेपाल एनपीजीए टुर च्याम्पियनसिप : तोरण शीर्षस्थानमा कायमै
विज्ञापन
Advertisement

काठमाडौं । सूर्य नेपाल एनपिजिए टुर च्याम्पियनसिपमा तोरण विक्रम शाही लगातार शीर्षस्थानमा कायमै रहन सफल भएका छन्। आज २–अन्डर ७० को स्कोर गरेका उनी समग्रमा १३–अन्डर २०३ सहित शीर्षस्थानमा कायमै रहेका हुन्। उनले निरज तामाङलाई १ स्ट्रोकले पछि पारे।

विज्ञापन
Advertisement
Advertisement

४–अन्डर ६८ सहित समग्रमा १२–अन्डर २०४ को स्कोरमा निरज दोस्रो स्थानमा कायमै छन्। अन्तिम १८ होलको खेल बाकी छँदा उनले अग्रता १ स्ट्रोकमा झार्दै लिडर तोरणलाई दबाब दिए।

एमेच्योर गल्फर राहुल विश्वकर्मा र नेपाल नम्बर एक एमेच्योर गल्फर सदभाव आचार्य दुवैले आज ६–अन्डर ६६ को सानदार प्रदर्शन गरे। समग्रमा ६–अन्डर २१० सहित संयुक्तरुपमा तेस्रो स्थानमा रहेका छन्। एमेच्योरतर्फ उनीहरूले शीर्षस्थान बाँडेका छन्।

समग्रमा ५–अन्डर २११ बनाएका जयराम श्रेष्ठले आज ४–अन्डर ६८ को स्कोर कार्ड बनाए। उनी पाँचौ स्थानमा रहँदा नेपाल नम्बर एक प्रो भुवन नगरकोटीले ३–अन्डर ६९ को स्कोर निकाले। यो सँगै उनि समग्रमा ४–अन्डर २१२ सहित छैटौं स्थानमा उक्लिएका छन्। आज १–अन्डर ७१ को स्कोरमा समग्रमा ३–अन्डर २१३ सहित दिनेश प्रजापति सातौं स्थानमा छन्।

यसैगरी, सञ्जय लामाले ३–अन्डर ६९ को स्कोर दर्ज गर्दा उनि समग्रमा २–अन्डर २१४ को स्कोरमा आठौं स्थानमा पुगेका छन्। समग्रमा इभन –पार २१६ स्कोर जोडेका रामे मगर र टंक बहादुर कार्कीले नवौं स्थान बाँडे। रामेले २–अन्डर ७० र टंकले २–ओभर ७४ को स्कोर निकाले।
लगातार तेस्रो दिन पनि शीर्षस्थानमा रहने क्रममा तोरणले फ्रन्ट नाइन २ –अन्डर ३४ मा सकाए। उनले छैटौं र सातौं होलमा बर्डी प्रहार गरे। ब्याक नाइनमा ११औं र १२औं होलमा एक–एक सट बचाएपनि १०औं र १५औं होलमा बोगीको सामना गरे। योसँगै ब्याक नाइन इभन–पार ३६ मा सकाए।

अर्का खेलाडी निरजले फ्रन्ट नाइन १ –ओभर ३७ मा पुरा गर्ने क्रममा पाँचौं र सातौं होलमा बोगी प्रहार गरे। आठौं होलमा एक सट बचाए। तर उनले ब्याक नाइनमा उत्कृष्ट प्रदर्शन गर्दै ५–अन्डर ३१ मा सकाए। उनले १२औं, १५औं र १६औं होलमा बर्डी प्रहार गर्दा ४–पारको १८औं होलमा इगलको सफलता हात पारे ।
एमेच्योर राहुलले तेस्रो र सातौं होलमा बर्डी प्रहार गर्दा आठौं होलमा बोगी खेपे। फ्रन्ट नाइन १–अन्डर ३५ मा सकाए। ब्याक नाइनमा राहुले सानदार प्रदर्शन गरे। १०औं देखि १२औं होलमा लगातार तीन बर्डी प्रहार गरे। यसपछि १५औं र १६औं होलमा पनि बर्डी प्रहार गर्न सफल रहे। उनले ब्याक नाइन ५–अन्डर ३१ मा सकाए। यो नतिजामस उनी संयुक्तरुपमा तेस्रो स्थानमा उक्लिए।

सदभावले फ्रन्ट नाइन ४–अन्डर ३२ मा सकाए। उनले बोगी रहित फ्रन्ट नाइन खेल्ने क्रममा तेस्रो, पाँचौं, छैटौं र सातौं होलमा बर्डी प्रहार गरे। यसपछि १३औं होलमा बोगी खेपे पनि ११औं, १२औं र १८औं होलको बर्डीले ब्याक नाइन २–अन्डर ३४ मा सकाए।

प्रतियोगिताको कुल नगद पुरस्कार राशी ८ लाख ८२ हजार रुपैयाँ रहेको छ। विजेताले १ लाख ५० हजार, उपविजेताले १ लाख र तेस्रो हुने खेलाडीले ७५ हजार प्राप्त गर्नेछन्। शीर्ष २१ स्थान सम्म प्राप्त गर्ने प्रोफेसनल गल्फरले नगद पुरस्कार प्राप्त गर्नेछन्।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

Reporter

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit