Advertisement
Advertisement
Corporate Samachar
३ असार २०८३, बुधबार
Advertisement

एभरेष्ट बैंकका कर्मचारीको अवकाश कोष नागरिक लगानी कोषले व्यवस्थापन गर्ने

एभरेष्ट बैंकका कर्मचारीको अवकाश कोष नागरिक लगानी कोषले व्यवस्थापन गर्ने
विज्ञापन
Advertisement

काठमाडौं। नागरिक लगानी कोष र एभरेष्ट बैंक लिमिटेडबीच बैंकका कर्मचारीहरूको अवकाश कोष व्यवस्थापन तथा सञ्चालन गर्ने सम्बन्धी द्विपक्षीय सम्झौता भएको छ।

विज्ञापन
Advertisement
Advertisement

बुधबार आयोजित एक कार्यक्रमका बिच कोषका निर्देशक नवराज खड्का र बैंकका प्रमुख वित्तीय अधिकृत राजन कायस्थले उक्त सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन् ।

सम्झौता अनुसार बैंकमा कार्यरत स्थायी, अस्थायी र करार सेवाका कर्मचारीहरूको उपदान तथा अतिरिक्त अवकाश कोषको व्यवस्थापन नागरिक लगानी कोषले गर्नेछ। यस अन्तर्गत कोषले कर्मचारीहरूको व्यक्तिगत खाता खोली परिचय पत्र दिने, खाता अद्यावधिक गर्ने र अवकाशपछि नियमानुसार कर कट्टा गरी रकम भुक्तानी गर्नेछ।

साथै, कर्मचारीहरूले कोषको नियम अनुसार ब्याज र अन्य प्रतिफल पाउनेछन् भने आयकर ऐन, २०५८ बमोजिम साविकको रकम र बहाल रहेका कर्जाहरूलाई समेत यसै कोषमा रकमान्तर गरी समायोजन गरिने जनाइएको छ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit