काठमाडौँ । काठमाडौँको बागबजारस्थित पद्मकन्या बहुमुखी क्याम्पस अगाडिको सडकमा पैदल यात्रुले आफैँले बटन थिचेर ट्राफिक लाइट बाल्ने प्रविधि सञ्चालनमा आएको छ । आजदेखि पद्मकन्या क्याम्पस अगाडिको सडकमा काठमाडौँ महानगरपालिकाले पेलिकन क्रसिङ प्रविधि सञ्चालनमा ल्याएको हो ।
महानगरले हालसम्म काठमाडौँका विभिन्न ३६ ठाउँमा पेलिकन क्रसिङ सञ्चालनमा ल्याएको काठमाडौँ महानगरपालिकाका ट्राफिक विज्ञ सल्लाहकार जगतमान श्रेष्ठले बताए । पैदल यात्रुको सुरक्षालाई मध्यनजर गर्दै जडान गरिएको उक्त प्रविधि सडक दुर्घटना न्युनिकरण र यात्रुको सुरक्षाका लागि मद्दतगार सावित हुने महानगरको ठम्याइ छ ।
पेलिकन क्रसिङ गर्दा यात्रु स्वयंले बटन थिच्ने बित्तिकै केही समयका लागि सवारीसाधन रोकिनेछन् र यात्रुले ढुक्कका साथ सडक क्रस गर्न सकिनेछ । यात्रुको सुरक्षालाई मध्यनजर गर्दै महानगरपालिकाले अन्य ठाउँहरु समेत ट्राफिक लाइट बाल्ने प्रविधि सुरु गर्न लागेको श्रेष्ठले जानकारी दिए । श्रेष्ठले भने, ‘यसलाई बटन क्रसिङ भन्छ । जबसम्म यसमा रहेको बटनलाई पुस गरिँदैन यसले काम गर्दैन । पुस गरिसकेपछि यसले आफ्नो समयमा काम गर्छ । अहिले हामीले ३६ ठाउँमा यो राखेका छौं । यसमा पुस गरिसकेपछि निश्चित समयका लागि गाडि रोकिन्छ । ढुक्कका साथ बाटो काट्न सिकन्छ।’
सडक सुरक्षाका लागि जेब्रा क्रसिङमा ट्राफिक लाइट राखिनु उदाहरणीय काम भएको भन्दै स्थानीय खुशी भएका छन् । महानगरपालकाले सडक सुधार आयोजना अन्तर्गत राजधानिका विभिन्न स्थानहरुमा पेलिकन लाइट जडानको काम गरिरहेको छ ।







कर्पोरेट समाचार 





















प्रतिक्रिया दिनुहोस्