Advertisement
Advertisement
Corporate Samachar
४ असार २०८३, बिहीबार
Advertisement

प्रिमियम फ्ल्यागशिप एसयूभी नयाँ टाटा सफारी नेपाली बजारमा, कति पर्छ मूल्य?

प्रिमियम फ्ल्यागशिप एसयूभी नयाँ टाटा सफारी नेपाली बजारमा, कति पर्छ मूल्य?
विज्ञापन
Advertisement

काठमाडौं । प्रिमियम एसयूभी नयाँ टाटा सफारी नेपाली अटो बजारमा सार्वजनिक भएको छ । ७ सिट क्षमताको आरामदायी गाडी सिप्रदी ट्रेडिङ्ग प्रालिले नेपाल भित्र्याएको हो ।

विज्ञापन
Advertisement
Advertisement

सिप्रदी नेपालका लागि टाटा मोटर्सको एकमात्र आधिकारीक बितरक हो ।
सिप्रदीले सो नयाँ गाडीलाई ‘उत्कृष्ट कार्यक्षमता र आधुनिक प्रविधिको बेजोड सम्मिश्रण’ भनेको छ । हेर्दा आकर्षक एसयूभीले ग्राहक वर्गको मन जित्ने कम्पनीले जनाएको छ ।

सिप्रदीका प्रमुख कार्यकारी अधिकृत (सीईओ) राजनबाबु श्रेष्ठले नयाँ एसयूभीबारे भने, ‘हामी नेपाली बजारमा प्रिमियम फ्ल्यागशिप एसयूभी नयाँ सफारीको विक्री वितरण गर्न पाउँदा अत्यन्त हर्षित भएका छौँ ।’

ल्याण्ड रोभरको डी–८ प्लेटफर्ममा आधारित, ओमेगा–आर्क आर्किटेक्चरमा तयार पारिएको गाडीको डिजाईन कार्यक्षमताको दृष्टिकोणले उत्कृष्ट रहेको कम्पनीको दाबी छ ।

नेपाली ग्राहकहरुको बदलिँदो आकांक्षालाई पूरा गर्न सो गाडीले महत्वपूर्ण भूमिका खेल्ने कम्पनीले प्रकाशित गरेको विज्ञप्तीमा भनिएको छ । ‘विलासी ७ सिटे गाडी खोजिरहनु भएको ग्राहकहरुको पहिलो रोजाईमा पर्नेमा हामी विश्वस्त छौ ।’

कम्पनीका अनुसार नयाँ टाटा सफारीमा डुअल–जोन पूर्ण स्वचालित एयर कन्डिसनिङ, मेमोरी र वेलकम जस्ता सुविधा उपलब्ध छन् । त्यस्तै ६ तरिकाले समायोजन गर्न मिल्ने ड्राइभर सिट र अगाडि भेन्टिलेटेड सिट समेत उपलब्ध छ।

त्यसैगरी, टाटा सफारीको नयाँ मोडेलमा १२.३० इन्चको हर्मन टचस्क्रिन इन्फोटेन्मेन्ट सिस्टम, ९ वटा जेबिएल स्पिकर (४ स्पिकर,  ४ ट्वीटर सब–उफर), मुड लाइटिङसहितको भ्वाइस असिस्टेड प्यानोरामिक सनरूफ र ११ वटा प्रमुख विशेषता सहितको एडभान्स्ड ड्राइभर असिस्टेन्स सिस्टम (एडास) लगायतका सुविधाहरु गाडीमा रहेको छ ।

सुरक्षाको दृष्टिले ग्लोबल एनक्यापबाट ५ तारे (फाइभ स्टार) रेटिङ्ग प्राप्त गरेको नयाँ टाटा सफारी नेपाली बाटोको लागि सुरक्षित रहेको सिप्रदीले जनाएको छ । यस्तै, ३६० डिग्रीको ‘सराउन्ड भ्यू’ सिस्टम, वायरलेस चार्जर, अटो होल्ड फिचर सहितको इलेक्ट्रोनिक पार्क ब्रेक, जेस्चर कन्ट्रोल्ड पावर्ड टेलगेट, ७ वटा एयरब्याग रहेको छ । नयाँ टाटा सफारीको शुरुवाती मूल्य १ करोड २१ लाख ९९ हजार तोकिएको छ ।

सिप्रदीको नेपालभर रहेका टाटा मोटर्सका शो–रुमहरु मार्फत नयाँ सफारी अवलोकन तथा टेस्ट ड्राइभको लागि उपलब्ध रहेको कम्पनीले जानकारी दिएको छ ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

Reporter

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit