काठमाडौं । नेपाली बजारमा भेस्पा १५० स्कुटर सार्वजनिक भएको छ। विक्रेता कम्पनी डेल्टा अटोकर्पले भेस्पा १५० र भेस्पा एस १५० गरी दुई मोडल बजारमा ल्याएको हो।

आकर्षक बनावट, आधुनिक सुविधा र १५० सीसी क्षमताको इन्जिनसहित सार्वजनिक भएका यी स्कुटरले नेपाली दुईपाङ्ग्रे सवारीसाधन बजारमा नयाँ आकर्षण थप्ने अपेक्षा गरिएको छ।

विशिष्ट बनावट र आकर्षक स्वरूपका कारण भेस्पा नेपाली ग्राहकबीच परिचित ब्रान्डका रूपमा रहेको छ। नयाँ भेस्पा १५० ले पनि ब्रान्डको परम्परागत पहिचानलाई कायम राख्दै आधुनिक सुविधा र प्रविधिको संयोजन प्रस्तुत गरेको कम्पनीले जनाएको छ।
डेल्टा अटोकर्पका प्रमुख कार्यकारी अधिकृत (सीईओ) विजय कुमार महतोले सहरी क्षेत्रमा दैनिक आवतजावत गर्ने तथा सवारीसाधनको बनावट र सुविधालाई प्राथमिकता दिने ग्राहकका लागि नयाँ स्कुटर आकर्षक विकल्प बन्ने बताए।
‘१५० सीसी क्षमताको इन्जिनयुक्त यस स्कुटरले यात्रालाई सहज बनाउनुका साथै यसको इन्जिन क्षमता, सञ्चालनमा सहजता र आकर्षक बाहिरी बनावटले ग्राहकलाई विशेष अनुभव प्रदान गर्नेछ,’ उनले भने।
कम्पनीका अनुसार नयाँ भेस्पा १५० सिरिजले परम्परागत शैली र आधुनिक सुविधाको संयोजनमार्फत नेपाली बजारमा आफ्नो उपस्थिति थप बलियो बनाउने अपेक्षा गरिएको छ।














प्रतिक्रिया दिनुहोस्