Advertisement
Advertisement
Corporate Samachar
६ कार्तिक २०८३, बिहीबार
Advertisement
Advertisement

८,००० एमएएच ब्याट्री र ४४ वाट फास्ट चार्जिङसहित भिभो वाई३२ सार्वजनिक, मूल्य कति ?

८,००० एमएएच ब्याट्री र ४४ वाट फास्ट चार्जिङसहित भिभो वाई३२ सार्वजनिक, मूल्य कति ?
विज्ञापन
Advertisement

काठमाडौं । स्मार्टफोनको लामो समयसम्म प्रयोग गर्न चाहने ग्राहकलाई लक्षित गर्दै भिभोले ८,००० एमएएच क्षमताको ब्याट्री भएको नयाँ स्मार्टफोन वाई३२ नेपाली बजारमा सार्वजनिक गरेको छ।

विज्ञापन
Advertisement
Advertisement

कम्पनीले वाई सिरिजअन्तर्गत ल्याएको यस फोनमा लामो ब्याट्री लाइफसँगै फास्ट चार्जिङ, धुलो तथा पानीबाट सुरक्षा र बलियो डिजाइनलाई प्राथमिकता दिएको छ। दैनिक रूपमा स्मार्टफोनको उच्च प्रयोग गर्ने युवा पेसाकर्मी, फिल्डमा खटिने कर्मचारी तथा काम र व्यक्तिगत जीवनका लागि भरपर्दो उपकरण खोज्ने प्रयोगकर्तालाई लक्षित गरी फोन तयार पारिएको कम्पनीले जनाएको छ। यसमा ४४ वाट फ्ल्यासचार्ज, आईपी६८/आईपी६९ डस्ट एन्ड वाटर रेजिस्टेन्स तथा एन्टी–ड्रप आर्मर डिजाइनजस्ता सुविधा समावेश छन्।

वाई३२ को प्रमुख विशेषता यसको ८,००० एमएएच क्षमताको ब्याट्री हो। कम्पनीका अनुसार फोनमा रहेको ६ वर्षे ब्याट्री हेल्थ प्रविधिले १,५०० पटक पूर्ण चार्जिङ साइकल पूरा भएपछि पनि ब्याट्रीको स्वास्थ्य कम्तीमा ८० प्रतिशत कायम राख्न मद्दत गर्छ। ब्याट्रीको कार्यक्षमता र दीर्घकालीन प्रयोगलाई ध्यानमा राख्दै फोनमा स्मार्ट चार्जिङ इन्जिन पनि उपलब्ध छ। यसले प्रयोगकर्ताको चार्जिङ प्रक्रियालाई अनुकूलन गरी ब्याट्रीमा पर्ने अनावश्यक दबाब घटाउन सहयोग गर्छ। त्यस्तै, ओभरनाइट चार्जिङ प्रोटेक्शन सुविधाले रातभर चार्जमा राख्दा चार्जिङ प्रक्रियालाई व्यवस्थित गरी ब्याट्रीको सुरक्षा गर्न मद्दत गर्छ।

लामो समय चार्जिङमा बिताउन नपरोस् भन्ने उद्देश्यले फोनमा ४४ वाट फ्ल्यासचार्ज प्रविधि दिइएको छ। यसले आवश्यक परेको समयमा छिटो ब्याट्री चार्ज गर्न सहयोग पुर्‍याउँछ। डिजाइनका हिसाबले भिभो वाई३२ मा प्रिमियम मेटालिक क्यामेरा डिजाइन र डायनामिक लाइट समावेश गरिएको छ। डायनामिक लाइटले फोनमा आउने कल, म्यासेज तथा अन्य नोटिफिकेसनका लागि प्रकाशमार्फत संकेत दिन्छ। यसले फोनको बाहिरी आकर्षण बढाउनुका साथै प्रयोगकर्तालाई नोटिफिकेसनबारे सहजै जानकारी प्राप्त गर्न मद्दत गर्छ।

दैनिक प्रयोगका क्रममा हुन सक्ने जोखिमलाई ध्यानमा राखेर फोनमा आईपी६८/आईपी६९ डस्ट एन्ड वाटर रेजिस्टेन्स र एन्टी–ड्रप आर्मर डिजाइन उपलब्ध गराइएको छ। यी सुविधाले धुलो, पानी, आकस्मिक रूपमा फोन खस्ने तथा ठक्कर लाग्ने अवस्थाबाट थप सुरक्षा प्रदान गर्ने कम्पनीको भनाइ छ। भिभो वाई३२ असोज २९ देखि नेपालभरका अधिकृत भिभो रिटेल स्टोरमा तीनवटा भेरियन्टमा उपलब्ध छ। कम्पनीले ४ जीबी र्‍याम तथा १२८ जीबी स्टोरेज भएको मोडलको मूल्य ३९ हजार ९९९ रुपैयाँ तोकेको छ। त्यस्तै, ६ जीबी र्‍याम तथा १२८ जीबी स्टोरेजको मूल्य ४५ हजार ९९९ रुपैयाँ र ६ जीबी र्‍याम तथा २५६ जीबी स्टोरेज भएको मोडलको मूल्य ५२ हजार ९९९ रुपैयाँ रहेको छ।

फोनको सुरुवाती बिक्रीलाई लक्षित गर्दै कम्पनीले विशेष लन्च अफर पनि ल्याएको छ। अफरअन्तर्गत पहिलो ३० दिनभित्र भिभो वाई३२ खरिद गर्ने ग्राहकले थप दुई वर्षको ब्याट्री वारेन्टी प्राप्त गर्नेछन्। यसले फोनको दीर्घकालीन प्रयोगका लागि ग्राहकलाई थप भरोसा प्रदान गर्ने कम्पनीले जनाएको छ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement

Powered By: Nectar Digit