Advertisement
Advertisement
Corporate Samachar
२ असार २०८३, मंगलवार
Advertisement

विद्यार्थीमाथि यातना दिनेलाई हदैसम्मको कारबाही गर्नु : मन्त्रालय

विद्यार्थीमाथि यातना दिनेलाई हदैसम्मको कारबाही गर्नु : मन्त्रालय
विज्ञापन
Advertisement

काठमाडौं । शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले विद्यार्थीमाथि यातना दिनेलाई हदैसम्मको कारबाही गर्न निर्देशन दिएको छ ।मन्त्रालयले बिहीबार प्रेस विज्ञप्ति जारी गर्दै अभिभावक, स्थानीय प्रशासन र सरोकारवालालाई यस्तो निर्देशन दिएको हो ।

विज्ञापन
Advertisement
Advertisement

तनहुँको भिमादस्थित प्रभात एकेडेमी बोर्डिङका लेखापालले तीनजना विद्यार्थीमाथि गालामा तातो पन्युले डामेको तथा नवलपरासी पश्चिमको एच पाठशालामा शिक्षकले यातना दिएर विद्यार्थीको आँखा फुटेको घटनामा मन्त्रालयले गम्भीर ध्यानाकर्षण भएको उल्लेख गरेको छ । विद्यालयमा बालबालिकालाई दिइने याताना बालअधिकार र कानून विपरित भएको उल्लेख गर्दै मन्त्रालयले विद्यालय परिसरभित्र हुने हिंसात्मक कार्यको निगरानी गरी दोषीलाई कानूनी कारबाहीको दायरामा ल्याउन अभिभावक, स्थानीय प्रशासन र सरोकारवालालाई अनुरोध गरेको छ ।

यस्तै, दक्षिणकाली काठमाडौंको जुनकिरी स्कुल तथा शंखरापुरमा एचएस एकेडेमीको बस दुर्घटना भई विद्यार्थीको मृत्यु भएको घटनामा तत्काल छानबिन गर्न पनि मन्त्रालयले प्रहरीलाई आग्रह गरेको छ ।

सवारी साधनको मापदण्ड ‘स्कुल बस निर्देशिका २०४७’ अनुसार पालना गर्न मन्त्रालयको निर्देशन दिएको छ ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

Reporter

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit