Advertisement
Advertisement
Corporate Samachar
२ असार २०८३, मंगलवार
Advertisement

बैकुण्ठ मानन्धर बने शाइन रेसुङ्गा राष्ट्रिय टेन के डौड प्रतियोगिताको सद्भावना दुत

बैकुण्ठ मानन्धर बने शाइन रेसुङ्गा राष्ट्रिय टेन के डौड प्रतियोगिताको सद्भावना दुत
विज्ञापन
Advertisement

काठमाडौं । शाइन रेसुङ्गा राष्ट्रिय टेन के डौड प्रतियोगिताको सद्भावना दुतमा बैकुण्ठ मानन्धर नियुक्त भएका छन् ।

विज्ञापन
Advertisement
Advertisement

यही फागुन ११ गते बुटवलमा आयोजना हुने सर्वाधिक पुरस्कार राशीको १० किलोमिटरको दौड प्रतियोगितामा कीर्तिमानी धावक तथा ओलम्पियन मानन्धरलाई सद्भावना दुतमा नियुक्त गरिएको हो ।

दौड संस्कृतिलाई प्रबद्र्धन गर्ने उद्धेश्यले आयोजना गर्न लागिएको उक्त प्रतियोगितामा दक्षिण एसियाली खेलकुद प्रतियोगिताका कीर्तिमानी धावक मानन्धर सद्भावना दुत नियुक्त भएपछि उनले आयोजक शाइन रेसुङ्गा बैंकलाई धन्यवाद दिएका छन् । उनले आम मानिसको स्वास्थ्य जीवनशैलीका लागि हरेक दिन दौडने संस्कृतिको विकास गर्न सबै जना लाग्नुपर्नेमा जोड दिए ।

‘रन टु शाइन’ भन्ने नाराका साथ शाइन रेसुङ्गा डेभलपमेण्ट बैंक लिमिटेडले बैंकको १७ औं वार्षिकोत्सवको अवसरमा एथलेटिक्समा लोकप्रिय विधाको रुपमा रहेको १० किलोमिटरको राष्ट्रिय स्तरको दौड प्रतियोगिता आयोजना गर्दै छ । सो प्रतियोगितामा सहभागी हुन इच्छुक खेलाडी तथा धावकहरुलाई शाइन रेसुङ्गा डेभलपमेण्ट बैंकको आधिकारिक वेबसाइटमा गएर फारम भर्न सक्नेछन् ।

दौड बैंकको केन्द्रिय कार्यालय कालिकानगरबाट सुरु भएर मणिग्राम चोक हुँदै पुन केन्द्रिय कार्यालयमा पुगेर समापन हुने छ ।

प्रतियोगितामा खुल्ला, स्थानीय ५० बर्ष सम्म र स्थानीय ५० वर्ष भन्दा माथीको गरि तिन विधा रहेका छन् । लुम्बिनी प्रदेशका कुनै पनि जिल्ला (अर्घाखाँची, बाँके, बर्दिया, दाङ, पूर्वी रुकुम, गुल्मी, कपिलवस्तु, नवलपरासी (बर्दघाट सुस्ता पश्चिम), पाल्पा, प्युठान, रोल्पा, रुपन्देहीका धावकले स्थानीय क्याटेगरीमा सहभागी हुन पाउनेछन् । लुम्बिनी प्रदेश बाहेकका अन्य धावकले स्थानीय क्याटेगरीमा आवेदन दिएस्वतः खुला क्याटेगरीमा दर्ता हुनेछन् । सहभागीताको लागि ईच्छुक प्रतियोगिले एउटा विधामा मात्र नाम दर्ता गराउनुपर्ने छ ।

प्रतियोगिताको पुरस्कार राशी ५ लाख रुपैयाँ राखिएको छ । प्रतियोगिताको पुरुष तथा महिला विधाका विजेता धावकले जनही १ लाख रुपैयाँ प्राप्त गर्नेछन् । दोस्रो हुनेले जनही ४० हजार, तेस्रो हुनेले २० हजार, चौथों हुनेले १५ हजार र पाँचौं हुनेले जनही १० हजार रुपैयाँ पाउनेछन् । यस्तै, स्थानीय धावकको सहभागीता बढाउन ५ किलोमिटरको दौडमा ५० बर्ष सम्म र ५० वर्ष भन्दा माथिको गरि दुई विधा समावेश छन् । विजेता महिला/ पुरुष खेलाडीले जनही १५ हजार, दोस्रो हुनेले १० हजार, तेस्रोले ५ हजार र चौथोंले २ हजार पाँच सय रुपैयाँ पाउने आयोजकले जनाएको छ ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

Reporter

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit