Advertisement
Advertisement
Corporate Samachar
५ असार २०८३, शुक्रबार
Advertisement

अध्यादेश पारित गराउन एमाले सक्रिय, सचिवालय बैठक आज

अध्यादेश पारित गराउन एमाले सक्रिय, सचिवालय बैठक आज
विज्ञापन
Advertisement

काठमाडौं । विभिन्न अध्यादेश पारित गराउने प्रयासमा नेकपा (एमाले) सक्रिय भएको छ। सोही सन्दर्भमा पार्टीको सचिवालय बैठक आज बस्ने तय भएको छ। बैठक दिउँसो २ बजे एमाले केन्द्रीय कार्यालय, च्यासलमा हुनेछ।

विज्ञापन
Advertisement
Advertisement

राष्ट्रिय सभामा मतसंख्या अपुग, सत्ता गठबन्धनमा असहमति
सरकारले जारी गरेका ६ वटा अध्यादेश संसदमा पेश हुन सकेका छैनन्। प्रतिनिधि सभामा सत्ता पक्षको बहुमत भए पनि राष्ट्रिय सभामा आवश्यक मत संख्या अपुग भएकाले अध्यादेश पारित गराउन चुनौती थपिएको छ।

सत्तारुढ दलहरूमध्ये लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) र जनता समाजवादी पार्टी नेपाल ९जसपा० भूमि अध्यादेशको विरोधमा उभिएका छन्। जसपाले भूमि अध्यादेश फिर्ता हुनुपर्ने अडान राख्दै आएको छ, जसका कारण सरकारले यसलाई संसदमा कार्यसूचीमा राख्न सकेको छैन।

कार्यदल गठनको प्रयास, प्रक्रिया अन्योलमा
भूमि अध्यादेश छलफलका लागि कार्यदल गठन गर्ने सहमति भए पनि प्रक्रिया अघि बढ्न सकेको छैन। सत्ता पक्षका शीर्ष नेताहरूबीच छलफल जारी रहे पनि स्पष्ट सहमति बन्न नसकेको स्रोतले जनाएको छ। एमालेको सचिवालय बैठकले अध्यादेश पारित गराउने रणनीतिबारे छलफल गर्नेछ भने सत्ता पक्षभित्रको असहमति मिलाउने उपायहरूबारे निर्णय लिने अपेक्षा गरिएको छ।

 

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

Reporter

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit