काठमाडौं । कोशी प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री इन्द्रमणि पराजुलीको विराटनगरस्थित निवासमा प्रहरीले छापा मारेपछि राजनीतिक तरंग उत्पन्न भएको छ। सो विषय शुक्रबार प्रतिनिधिसभामा समेत उठाइएको छ।
प्रतिनिधिसभाको आकस्मिक समयमा बोल्दै सांसद राजेन्द्रकुमार राईले मन्त्री पराजुली सङ्खुवासभा गएका बेला बिहीबार राति करिब १० देखि ११ बजेको बीचमा प्रहरीले उनको क्वाटरमा प्रवेश गरी खानतलासी गरेको भन्दै सरकारको ध्यानाकर्षण गराए। ‘मन्त्री पराजुलीको घरमा नभएको अवस्थामा प्रहरीले राति क्वाटरमा खानतलासी गरेको छ’ उनले प्रश्न गर्दै भने, ‘प्रहरी किन यस्तो गरेको हो? सरकारबाट म यो जान्न चाहान्छु।’
त्यस्तै, सांसद आरेन राईले पनि जेनजी आन्दोलनका क्रममा नयाँ बानेश्वरस्थित एक बैंकमा धितो राखिएको १८ तोला सुन चोरी भएको घटनाप्रति सरकारको ध्यानाकर्षण गराएका थिए। तर, सभामुख डोलप्रसाद अर्यालले आकस्मिक समयमा गम्भीर प्रकृतिका विषय मात्र उठाउन आग्रह गर्दै प्रक्रिया अनुसार विषय प्रस्तुत गर्न सांसदहरूलाई सचेत गराएका थिए।
प्रहरीले मन्त्री राईको घरमा राती खानतलासी गरेको घटनाबारे स्पष्टता नआएकाले राजनीतिक तथा प्रशासनिक वृत्तमा प्रश्न उठिरहेका छन्।















प्रतिक्रिया दिनुहोस्