
काठमाडौं । ब्राजिलियन डीजे एलोक अम्साकार पेरेस पाटिलोले एलओडी क्लबमा आफ्नो सांगीतिक प्रस्तुति दिने भएका छन् । उनले शुक्रबार अर्थात् मार्च ७ मा ठमेलस्थित एलओडी क्लबमा आफ्नो प्रस्तुती दिने क्लबका निर्देशक भुपेन कुँवरले जानकारी दिए ।
विश्वभरका सय जनालाई उत्कृष्ट डिजे र्याङ्किमा राखिन्छ भने उनी विश्वकै उत्कृष्ट डिजे र्याङ्किको चौथो नम्बरमा परेका कलाकार हुन् ।
उक्त दिन एलोकको प्रस्तुति हेर्न चाहनेलाई दिनको २ हजार र ३ हजार रुपैयाँ दरका टिकटको व्यवस्था गरिएको क्लबका निर्देशक भुपेन कुँवरले जानकारी दिए । उनका अनुसार दर्शकले खल्ती एपबाट टिकट खरिद गर्न सक्ने छन् । डान्स फ्लोरको २ हजार र भीआइपीको ३ हजार रुपैयाँ मूल्य राखिएको छ। क्लबले अर्ली अग्रिम टिकट बिक्री भइसकेको कुँवरले जानकारी दिए।
क्लबले सोही दिन विभिन्न प्याकेजमा टेबल बिक्री गर्ने भएको छ । टेबल प्याकेज ३० हजारदेखि डेढ लाख रुपैयाँसम्मको मूल्य तय गरेको छ ।
यसअघि पनि एलओडीमा बलिउडका नेहा कक्कर, अर्मान मल्लिक र इण्डियन आइडल पवनदीप, टिम्मी ट्रम्पेट, टोपीक, स्टेबीन बेन, ज्योतिका टंगारी लगायतका कलाकारले समेत प्रस्तुति दिइसकेका छन् ।
नेपालको एलओडी क्लब ‘लर्ड अफ द ड्रिंक्स’ विश्वकै उत्कृष्ट क्लबमध्ये ४९,५२ र ५० औँ स्थानमा परिसकेको क्लब हो । युकेस्थित डिजे म्यागले छनौट गर्ने सन् २०२४ का लागि सय उत्कृष्ट क्लब क्याम्पियनमा एलओडीको स्थान ५० औँ नम्बरमा राखेको थियो । सन् २०२५ को लागि क्लब नोमिनेसनमा परिसकेको छ ।
प्रतिक्रिया दिनुहोस्