Advertisement
Advertisement
Corporate Samachar
८ असार २०८३, सोमबार
Advertisement

केपी ओली कपको उपाधिका लागि आज मछिन्द्र एफसी र त्रिभुवन आर्मी क्लब प्रतिस्पर्धा गर्दै

केपी ओली कपको उपाधिका लागि आज मछिन्द्र एफसी र त्रिभुवन आर्मी क्लब प्रतिस्पर्धा गर्दै
विज्ञापन
Advertisement

काठमाडौं ।  केपी ओली कप फुटबल प्रतियोगिताको उपाधिका लागि मछिन्द्र एफसी र त्रिभुवन आर्मी क्लब भिड्दैछन् । उक्त खेल दशरथ रंगशालामा आज साँझ ६ बजेबाट सुरू हुनेछ ।

विज्ञापन
Advertisement
Advertisement

सेमिफाइनलमा मछिन्द्रले आयोजक केपी एफसी र आर्मीले संकटा क्लबलाई हराउँदै उपाधि प्रतिस्पर्धाका लागि स्थान सुरक्षित गरेका थिए ।

प्रतियोगिताको विजेताले १५ लाख ११ हजार एक सय ११ र उपविजेताले ५ लाख रुपैयाँसहित ट्रफी, प्रमाणपत्र र मेडल पाउनेछन् ।

सर्वोत्कृष्ट खेलाडीले एक लाख, उत्कृष्ट गोलरक्षक, गोलकर्ता र उदीयमान खेलाडीले समान ५० हजार रुपैयाँ पाउनेछन् ।
फाइनल खेल हेर्न रंगशालामा विश्वचर्चित फुटबल खेलाडी इटलीका लिजेण्ड गोलकिपर जियानलुइजी बुफन प्रमुख अतिथिको रुपमा रहनेछन् ।

प्रतियोगितामा दुई विदेशसहित ९ टोलीले सहभागिता जनाएका थिए । त्रिपुरेश्वरस्थित वल्डट्रेड बुफोन सेन्टरको डिजिटल बोर्डबाट समेत दर्शकले फाइनल खेलको प्रत्यक्ष प्रशारण हेर्न सकिने व्यवस्था मिलाइएको आयोजकले जनाएको छ ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

Reporter

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit