Advertisement
Advertisement
Corporate Samachar
८ असार २०८३, सोमबार
Advertisement

साढे ५० अर्ब थपिएको सार्वजनिक ऋण दायित्व २७ खर्ब २४ अर्ब नाध्यो

साढे ५० अर्ब थपिएको सार्वजनिक ऋण दायित्व २७ खर्ब २४ अर्ब नाध्यो
विज्ञापन
Advertisement

काठमाडौं । सार्वजनिक ऋण दायित्व बढेर २७ खर्ब २४ अर्ब रुपैयाँ पुगेको छ । सार्वजनिक ऋण व्यवस्थापनको कार्यालयका अनुसार चालु आर्थिक वर्षको सुरुमा कुल सार्वजनिक ऋण २६ खर्ब ७४ अर्ब ०४ करोड बाट बढेर २७ खर्ब २४ अर्ब नाघेको हो ।

विज्ञापन
Advertisement
Advertisement

आश्विन मसान्तसम्ममा कुल ५० अर्ब ६० करोड रुपैयाँ सार्वजनिक ऋणको दायित्व वृद्धि भएको छ । हाल कुल सार्वजनिक ऋण दायित्व २७ खर्ब २४ अर्ब ६५ करोड पुगेको पुगेको छ । जुन कुल गार्हस्थ्य उत्पादनको ४४.६१ प्रतिशत हुन आउछ । कुल सार्वजनिक ऋणमा आश्विन मसान्तसम्ममा वैदेशिक ऋणको हिस्सा ५३.९ प्रतिशत र आन्तरिक ऋणको हिस्सा ४६.९१ प्रतिशत रहेको सार्वजनिक ऋण व्यवस्थापनको कार्यालयले जनाएको छ।

चालु आर्थिक वर्षमा जम्मा ५ खर्ब ९५ अर्ब सार्वजनिक ऋण परिचालन गर्ने लक्ष्य राखिएकामा असोज मसान्त सम्ममा १ खर्ब ८४ कराड ऋण प्राप्ति भएको कार्यालयको तथ्यांकमा उल्लेख छ । वार्षिक लक्ष्यको तुलनामा कुल सार्वजनिक ऋण प्राप्ति १६.९३ प्रतिशत छ। जसमध्ये वाह्य ऋण प्राप्तिको प्रगति क्रमशः २४ .८६ र ४.६४ प्रतिशत रहेको छ । कुल सार्वजनिक ऋण प्राप्तिमध्ये आन्तरिक र वाह्य ऋणको हिस्सा क्रमश ८९ दशमलव २४ र १०.७६ प्रतिशत रहेको कार्यालयले जनाएको छ ।

चालु आर्थिक वर्ष २०८२/८३ मा ऋण सेवा खर्चमा ४ खर्ब ११ अर्ब १ करोड बजेट विनियोजन भएकोमा आश्विन मसान्तसम्म १ खर्ब ९ अर्ब ८९ करोड भुक्तानी भएको कार्यालयले उल्लेख गरेको छ । यो वार्षिक बजेट विनियोजनको आधारमा २६.७४ प्रतिशत हो ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit