काठमाडाैं । पोखराको पर्यटकिय क्षेत्र पर्ने सराङकोट स्थित कैलाशेश्वर महादेव प्रांगणमा सोमबारदेखि साझ आरती हुने भएको छ । प्रत्येक हप्ताको सोमबार आरती हुने भएको हो। आरती भोलिदेखि सुरु हुने छ । आयोजकका अनुसार सोमवार सांझ साढे ५ः३० बजे देखि आरती संचालन हुने छ ।
आरतीमा सहभागि भक्तजनहरुका लागि अन्नपूर्ण केवलकारले साझ ४ बजेदेखि केवलकार यात्रामा २५० रुपैयाँमा सेवा दिने भएको हो । यो सेवा सोमबार साझ सांझ ४ बजे देखि आउने दर्शनार्थीलाई यो सुविधा उपलब्ध हुने भएको हो । साथै लेकसाईडसम्म गाडीको सुबिधा समेत छ ।

















प्रतिक्रिया दिनुहोस्