Advertisement
Advertisement
Corporate Samachar
२७ जेष्ठ २०८३, बुधबार
Advertisement
Advertisement
विज्ञापन
Advertisement

माओवादी सांसदको आरोप– सत्तामा बेबी किङ पक्षधर हुँदा राजतन्त्रको भूत सल्बलाउन थाल्यो

माओवादी सांसदको आरोप– सत्तामा बेबी किङ पक्षधर हुँदा राजतन्त्रको भूत सल्बलाउन थाल्यो
विज्ञापन
Advertisement

काठमाडौं ।  नेकपा माओवादी केन्द्रका सांसदहरुले पूर्वराजा ज्ञानेन्द्र शाहको पछिल्लो सक्रियतालाई लिएर भिन्न -भिन्न टिप्पणी गरेका छन् ।

विज्ञापन
Advertisement
Advertisement

आइतबारको राष्ट्रियसभा बैठकमा बोल्दै माओवादी केन्द्रका सांसद जगप्रसाद शर्माले पूर्वराजा ज्ञानेन्द्र शाहले नै वंश विनाश गरेको आरोप लगाए । पूर्वराजा शाहप्रति लक्षित गर्दै शर्माले सदनमा वंश विनाश गर्नेले नै अहिले राजा फर्काउने भनेर नाटक मञ्चन गरिरहेको आरोप लगाए ।

उनले भने, ‘ राजतन्त्र अन्त्य भइसकेपछि अहिले तथाकथित प्रतिगामी शक्तिहरु राजा फर्काउने भन्दैछन्। जसले राजाको वंश विनाश गरेका हुन्, तिनैले राजा फर्काउने एउटा नाटक मञ्चन गरिरहेका छन्। संविधानविरोधी, व्यवस्था बिरोधी हर्कत उनीहरुले गरिरहेका छन्। यो अराजकतालाई नियन्त्रण गर्न सरकारले किन सकिरहेको छैन।’

यस्तै, माओवादीकै अर्का सांसद सुरेश आले मगरले विगतमा सेरेमोनियल र बेबी किङको पक्षमा रहेकाहरू सत्ताको नेतृत्वमा रहेका बेला राजावादीको भूत सल्बलाउन थालेको टिप्पणी गरे। नेपाली जनताले राजतन्त्र झेलिसकेकाले फेरि नेपालमा राजतन्त्र आउने कुरा असम्भव रहेको बताएका उनले राजावादीको सल्बलाहट बढ्नु फगत संयोग मात्र हुन नसक्ने धारणा राखे ।

‘बेबी र सेरेमोनिल किङको कुरा गर्ने, गणतन्त्र ल्याउनुपर्छ भन्दा बयलगाढा ढचेर अमेरिका पुगिन्न भनेर खिसिट्युरी गर्नेहरू राज्यसत्ताको बागडोरमा भएका बेला राजतन्त्रको भूतप्रेत सल्बलाउने कुरा फगत संयोग हो?’ उनले थप भने, ‘हामीले राजतन्त्रलाई आर्यघाटमा सेलाइसकेका थियौँ तर त्यसका भूतहरू फेरि बौरिएर आएर राजतन्त्रको कुरा गर्दै आएका छन्।’

यस्तै, एकीकृत समाजवादीका सांसद जयन्ती राईले ‘प्रतिगामी तत्त्व’ कुर्लिन थालेको टिप्पणी गरिन् । उनले भनिन्, ‘प्रतिगामी तत्त्व ब्युँझिँदै छन् । संविधानको उल्लंघन गर्न खोज्दैछन् । संघीय लोकतन्त्रमाथि धावा बोलिरहेका छन्।’

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit