काठमाडाैं । चालु आर्थिक वर्षको साता महिनामा विप्रेषण आप्रवाह ७.३ प्रतिशतले वृद्धि भएको छ । नेपाल राष्ट्र बैंकले सोमबार आर्थिक वर्षको माघ मसान्तसम्मको वित्तीय रिपोर्ट सार्वजनिक गर्दै यसअवधिमा ९ खर्ब ५८ करोड रेमिट्यान्स आएको जनाएको हो । अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह १८.८ प्रतिशतले बढेको थियो । अमेरिकी डलरमा विप्रेषण आप्रवाह ५।३ प्रतिशतले वृद्धि भई ६ अर्ब ६५ करोड पुगेको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह १६.४ प्रतिशतले बढेको थियो ।
समीक्षा अवधिमा खुद द्वितीय आय (खुद ट्रान्सफर) ९८५ अर्ब १७ करोड रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आय ९१० अर्ब ७७ करोड रुपैंयाँ रहेको थियो । समीक्षा अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ लिने नेपालीको संख्या २ लाख ७४ हजार र पुनः श्रम स्वीकृति लिनेको संख्या लाख ९० हजार रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या क्रमशः २ लाख ४५ हजार १ लाख ५७हजार रहेको थियो ।







कर्पोरेट समाचार 





















प्रतिक्रिया दिनुहोस्