काठमाडौं । एन आइ सी एशिया लघुवित्तले सातै प्रदेशमा रहेका विभिन्न शाखामार्फत तीन हजार बढी सदस्यहरुका लागि वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गरेको छ ।
लघुवित्तले वित्तीय साक्षरता कार्यक्रमलाई निरन्तरता दिँदै जेठ १७ गते देखि ३१ गतेसम्म सात वटै प्रदेशका विभिन्न शाखामा कार्यक्रम आयोजना गरी वित्तीय साक्षरता प्रदान गरेको हो ।
जसमा कोशी प्रदेशका ८ शाखामा ४६५ जना, मधेश प्रदेशका ८ शाखामा ४६० जना, बागमती प्रदेशका ७ शाखामा ४३० जना, गण्डकी प्रदेशका ७ शाखामा ३९० जना, लुम्बिनी प्रदेशका ९ शाखामा ६९५ जना, कर्णाली प्रदेशका ८ शाखामा ४०० जना, र सुदूरपश्चिम प्रदेशका ८ शाखामा ६०५ जना गरी कूल ३,४४५ जना सदस्यहरु लाभान्वित भएको लघुवित्तले जनाएको छ ।
संस्थाले ग्रामीण इलाकाका विपन्न वर्गका सदस्यहरुलाई हुने वित्तीय पहुँचमा असहजता अन्त्य गर्न यस्ता कार्यक्रम आयोजना गर्दै आएको छ । कार्यक्रममा संस्थाका विभिन्न नेतृत्व तहका कर्मचारीले वित्तीय ज्ञान प्रदान गरेका थिए ।
संस्थाले आफ्ना सदस्यहरुलाई बेला– बेलामा पशुपालन, लघु उद्यम, आधुनिक कृषि लगायतका विषयमा तालिमको प्रबन्ध गर्दै आएको जनाएको छ ।

















प्रतिक्रिया दिनुहोस्