काठमाडौं । एनआईसी एशिया बैंक कर्मचारी संघले १६औं स्थापना दिवसको अवसरमा संस्थामा लामो समयदेखि सेवा पुर्याएका कर्मचारीहरूको सम्मान गरेको छ ।
सप्ताहव्यापी रूपमा विभिन्न प्रदेशमा आयोजित कार्यक्रममार्फत १० वर्ष वा सोभन्दा बढी समय सेवा दिएका कर्मचारीहरूलाई सम्मान गरेको हो । कर्मचारीहरुलाई उनिहरुको योगदानप्रति कृतज्ञता व्यक्त गर्न सम्मान गरेको संघले जनाएको छ ।
कार्यक्रम कोशी, मधेश, बागमती र गण्डकी प्रदेशमा सम्पन्न भइसकेको छ भने लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा पनि चाँडै सम्मान कार्यक्रमहरू सञ्चालन हुने जनाइएको छ ।
संघका अनुसार यस्ता कार्यक्रमले कर्मचारीको मनोबल अभिवृद्धि गर्नुका साथै संस्था र कर्मचारीबीचको सम्बन्ध थप सुदृढ बनाउने विश्वास लिइएको छ । भविष्यमा पनि यस्ता प्रेरणादायी कार्यक्रम निरन्तर आयोजना गर्दै कर्मचारी हितमा कार्य गरिने प्रतिबद्धता संघले व्यक्त गरेको छ ।

















प्रतिक्रिया दिनुहोस्