Advertisement
Advertisement
Corporate Samachar
२७ जेष्ठ २०८३, बुधबार
Advertisement
Advertisement
विज्ञापन
Advertisement

भिभोको निःशुल्क शिविरबाट दुई सय बढीले लिए स्वास्थ्य सेवा

भिभोको निःशुल्क शिविरबाट दुई सय बढीले लिए स्वास्थ्य सेवा
विज्ञापन
Advertisement

काठमाडौं ।  नेपाली बजारमा निकै रुचाइएको स्मार्टफोन ब्रान्ड भिभोले निःशुल्क स्वास्थ्य शिविर सम्पन्न गरेको छ ।

विज्ञापन
Advertisement
Advertisement

आफ्नो कर्पोरेट सामाजिक उत्तरदायित्व (सिएसआर) अन्तर्गत मंगलबार भिभो नेपालको कार्यालय परिसर छाउनी संग्रहालय मार्गमा आयोजित शिविरले स्थानीय समुदायका बासिन्दा, भिभो नेपालका कर्मचारी तथा सञ्चारकर्मीहरूलाई लक्षित गर्दै आवश्यक निःशुल्क स्वास्थ्य सेवा प्रदान गरेको हो।

यो स्वास्थ्य शिविर चिनियाँ अनुभवी डाक्टरहरूको टोलीको सहकार्यमा सञ्चालन गरिएको थियो, । जसअन्तर्गत ईसीजी, अर्थोपेडिक्स, स्त्रीरोग, आन्तरिक चिकित्सा, पारम्परिक चिनियाँ चिकित्सा, दन्त स्वास्थ्य सेवा लगायतका विभिन्न निःशुल्क स्वास्थ्य परीक्षण र परामर्शहरू प्रदान गरिएको आयोजकले जनाएको छ । उक्त शिविरबाट २०० भन्दा बढी सहभागि प्रत्यक्ष लाभान्वित भएका छन् ।

भिभो नेपालका ब्रान्ड म्यानेजर दीपेश खनालले भने एक उत्तरदायी संस्थाको रूपमा भिभो नेपाल समुदायसँग सशक्त र दिगो सम्बन्ध निर्माण गर्न प्रतिबद्ध रहेको बताए । उनले भने, ‘स्मार्टफोन ब्रान्ड मात्र नभई समाजको भरपर्दो साझेदार बन्ने लक्ष्यसहित निःशुल्क स्वास्थ्य शिविरको आयोजना गरेर हामी प्रविधि बाहिर पनि मानिसहरूको जीवनमा सकारात्मक प्रभाव पार्ने प्रयास गरिरहेका छौं । स्थानीय बासिन्दाहरूको स्वास्थ्य र कल्याणलाई प्राथमिकता दिँदै, गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउनु हाम्रो सामाजिक उत्तरदायित्वको अभिन्न हिस्सा हो । भिभोमा हामी समाजसँगै दिगो रूपमा अघि बढ्ने विश्वास राख्छौं ।’

भिभो नेपालले नवीनता, सामाजिक उत्तरदायित्व, र सामुदायिक सेवामा विशेष ध्यान दिँदै समाजमा सकारात्मक प्रभाव पार्ने लक्ष्य राखेको जनाएको छ । भविष्यमा पनि निःशुल्क स्वास्थ्य शिविर जस्ता सामाजिक उत्तरदायित्व अन्तर्गतका विविध गतिविधिहरू सञ्चालन गर्दै स्वस्थ, खुसी र सशक्त समुदाय निर्माण गर्ने प्रतिबद्धता समेत भिभो नेपालले गरेको छ ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

Reporter

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit