Advertisement
Advertisement
Corporate Samachar
३१ जेष्ठ २०८३, आईतवार
Advertisement
Advertisement
विज्ञापन
Advertisement

ज्योति विकास बैंकका ग्राहकलाई तिलगंगा सिटी आई सेन्टरमा १५ प्रतिशतसम्म छुट हुने

ज्योति विकास बैंकका ग्राहकलाई तिलगंगा सिटी आई सेन्टरमा १५ प्रतिशतसम्म छुट हुने
विज्ञापन
Advertisement

काठमाडौं । ज्योति विकास बैंक लिमिटेडले ‘तिलगंगा सिटी आई सेन्टर’सँग बैंकका ग्राहकहरूलाई विशेष छुट प्रदान गर्ने सम्बन्धी सम्झौता गरेको छ।

विज्ञापन
Advertisement
Advertisement

सम्झौतासँगै काठमाडौं चुच्चेपाटीस्थित तिलगंगा सिटी आई सेन्टरबाट बैंकका ग्राहकहरूले उक्त आँखा केन्द्रमा १५ प्रतिशतसम्म छुट प्राप्त गर्न सक्नेछन्। यस केन्द्रमा ग्राहकहरुले आँखा जाँच र विशेष उपचार ( शल्यक्रिया र थेरापी) मा १० प्रतिशत तथा प्रिस्क्रिप्शन चश्मामा १५ प्रतिशत छुट पाउनेछन् । तिलगङ्गा नेत्र प्रतिष्ठानको सह–संस्था सिटी आई सेन्टरले अत्यधुनिक प्रविधि प्रयोग गरी ग्राहकलाई उत्कृष्ट सेवा प्रदान गर्दै आएको छ।

ज्योति विकास बैंकले ग्राहकहरूको सुविधालाई प्राथमिकतामा राखी विशेष छुट र सुविधा प्रदान गर्दै आइरहेको छ। ज्योति विकास बैंकले हाल १२१ वटा शाखा कार्यालय, ३ वटा विस्तारित काउन्टर तथा ७५ वटा एटीएम मार्फत सेवा उपलब्ध गराउँदै आएको छ ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit