काठमाडौं । किर्तिमानी पर्वतारोही कामीरिता शेर्पा सम्मानित भएका छन् । लुम्बिनी विकास बैंक लिमिटेडसँग दुई दशकदेखि सहयात्रा गर्दै आएका शेर्पालाई बैंकले सम्मान गरेको हो ।
३१ औं पटक सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गरेका शेर्पाले लुम्बिनी विकास बैंकको लोगो अंकित ब्यानर सहित शिखरमा पुग्न सफल भएका थिए । बैंकका प्रमुख कार्यकारी अधिकृत नरेश सिंह बोहराले आरोही शेर्पाको प्रगतिको कामना सहित सम्मान गरेको जनाइएको छ ।
सम्मानपछि आरोही शेर्पाले किर्तिमानी आरोहण आफ्नो लागि मात्र नभएर परिवार, शेर्पा समाज तथा सम्पूर्ण नेपालको लागि गरेको बताए ।

















प्रतिक्रिया दिनुहोस्