
एजेन्सी । अमेरिका र रुसका गुप्तचर निकायका प्रमुखहरूले अमेरिका–रुस सम्बन्धमा तनाव कम गर्न नियमित सम्पर्कमा रहन सहमत भएका छन् । दुई देशका गुप्तचर प्रमुखहरूले दुई वर्षभन्दा बढी समयपछि फोनमा कुराकानी गरेको बताइएको छ ।
धेरै वर्षपछि पहिलो पटक यस्तो सम्पर्कमा सिआइए प्रमुख जोन र्याटक्लिफ र रुसको बाह्य गुप्तचर एजेन्सी एसभिआरका प्रमुख सर्गेई नारिस्किनले मङ्गलबार फोनमा कुरा गरेको त्यहाँको सरकारी तास एजेन्सीले जनाएको छ ।
उनिहरु आफ्ना एजेन्सीहरूबीच ‘अन्तर्राष्ट्रिय स्थिरता र सुरक्षामा योगदान पुर्याउनका साथै मस्को र वासिङ्टनबीचको सम्बन्धमा द्वन्द्व कम गर्न’ ‘नियमित सम्पर्क’ गर्न सहमत भएका छन् ।
यो फोनवार्ता अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले तीन वर्षे युक्रेन सङ्घर्ष अन्त्य गर्ने प्रतिज्ञा गर्दै पदभार सम्हालेपछिको पहिलो सम्पर्क थियो ।
युक्रेनले ३० दिनको युद्धविरामका लागि अमेरिकी प्रस्तावलाई समर्थन गरेको र साउदी अरबमा सङ्कटपूर्ण वार्तामा रुससँग तत्काल वार्ता गर्न सहमत भएकै दिन यो फोनवार्ता भएको थियो ।
सिआइए र एसभिआरका प्रमुखहरूबीच अन्तिम सम्पर्क सन् २०२२ नोभेम्बरमा भएको थियो । त्यसबेला नारिस्किनले अङ्कारामा तत्कालीन सिआइए प्रमुख विलियम बन्र्ससँग कुरा गरेका थिए ।
प्रतिक्रिया दिनुहोस्