images images images
images images images
images
images
images

भारतमा एलन मस्कको स्टारलिंक इन्टरनेट विस्तार गर्न एयरटेल र जियोसँग सम्झौता

images

काठमाडौं । अमेरिकी स्याटेलाइट इन्टरनेट कम्पनी स्टारलिंकले भारतमा एयरटेल र जियोसँग इन्टरनेट सेवा विस्तार गर्न सम्झौता गरेको छ ।

भारतीय अर्बपति मुकेश अम्बानीको जियो प्लाटफर्मले बुधबार एलन मस्कको स्पेसएक्ससँग स्टारलिङ्कको उपग्रह इन्टरनेट सेवा विस्तार गर्न सम्झौता गरेको हो । स्टारलिंकले भारतको दोस्रो ठूलो टेलिकम भारतीय एयरटेलसँग मंगलबार सम्झौता गरेको थियो । एकदिनपछि बुधबार जियोले पनि सम्झौता भएको घोषणा गरेको हो ।

images
images

भारतमा स्टारलिंकलाई कसरी ‘स्पेक्ट्रम’ दिने भन्ने महिनौँको अन्योलपछि अन्ततः प्रमुख ठूला कम्पनीसँग स्टारलिंकले सम्झौता गरेको हो । सम्झौतासँगै भारतको सबैभन्दा ठूलो टेलिकम अपरेटर जियो र दोस्रो ठूलो एयरटेलका स्टोरहरूमा स्टारलिंकका उपकरण उपलब्ध हुने भएका छन् । यसले भारतका हजारौँ स्टोरमा सजिलै एलन मस्कको स्टारलिंक इन्टरनेट जोड्ने सुविधा मिल्नेछ ।

तर, विश्वको सबैभन्दा बढी जनसङ्ख्या भएको भारतले बृहत् स्याटेलाइट ब्रोडब्यान्ड सेवाहरूको प्रक्षेपणका लागि तयारी गरिरहेको बेला स्पेसएक्स र भारतका टेलिकमहरूले आपसमा काम गर्ने भएका छन् । जियोले ‘आफ्ना खुद्रा आउटलेटहरूमा स्टारलिङ्क उपकरणहरू’ प्रदान गर्ने र भारतीय कम्पनीले ‘ग्राहक सेवा स्थापना र सक्रियतालाई समर्थन गर्न मद्दत’ गर्ने बताएको छ ।

‘भारतका सबैभन्दा ग्रामीण र दूरदराजका क्षेत्रहरू सहित देशभर विश्वसनीय ब्रोडब्यान्ड सेवाहरू प्रदान गर्न, डाटा ट्राफिकका हिसाबले विश्वको सबैभन्दा ठूलो मोबाइल अपरेटरका रूपमा जियोको स्थितिको फाइदा उठाउनेछन्’, विज्ञप्तिमा भनिएको छ ।

जियोले यो सम्झौता ‘स्पेसएक्सले भारतमा स्टारलिङ्क बेच्नका लागि आफ्नै अनुमति प्राप्त गर्ने’ कुरामा निर्भर रहेको बताएको छ । गत महिना स्टारलिङ्कको इजाजतपत्र आवेदन प्रारम्भिक नियामक स्वीकृतिको नजिक पुगेको भारतीय मिडिया रिपोर्टहरूले बताएका थिए ।

अम्बानीको दूरसञ्चार एकाइले पनि स्याटेलाइट ब्रोडब्यान्ड सेवा प्रदान गर्न छुट्टै काम गरिरहेको छ । जियो प्लेटफर्मले ब्रोडब्यान्ड सेवाहरू प्रदान गर्न सन् २०२२ मा लक्जमबर्गको एसइएससँग संयुक्त रुपमा काम गर्ने घोषणा गरेको थियो ।

 

 

 

 

images
images

प्रतिक्रिया दिनुहोस्