Advertisement
Advertisement
Corporate Samachar
२७ जेष्ठ २०८३, बुधबार
Advertisement
Advertisement
विज्ञापन
Advertisement

गुट वा व्यक्तिको स्वार्थको निम्ति संविधान संशोधन भनियो भने त्यो भयानक हुनसक्छ : प्रचण्ड

गुट वा व्यक्तिको स्वार्थको निम्ति संविधान संशोधन भनियो भने त्यो भयानक हुनसक्छ : प्रचण्ड
विज्ञापन
Advertisement

काठमाडौं ।  नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले संविधान संशोधन गम्भिर समीक्षाका आधारमा वैज्ञानिक हुनेगरी गर्नुपर्ने बताएका छन् । उनले राजनीतिक दल र व्यक्तिको स्वार्थ भन्दा माथि उठेर संविधान संशोधन गरिनुपर्नेमा जोड दिए ।

विज्ञापन
Advertisement
Advertisement

दाहालले भने, ‘संविधान कार्यान्वयनको गम्भिर समीक्षा गरौं । त्यो समीक्षाबाट जहाँजहाँ त्रुटि निस्किन्छ त्यही अनुसार मात्र संविधान संशोधनको प्रकृया अगाडी बढाउने हो भने वैज्ञानिक हुनसक्छ । होइन आफ्ना् गुट वा व्यक्तिको स्वार्थको निम्ति संविधान संशोधन भनियो भने त्यो भयानक हुनपनि सक्छ ।’

सोमबार काठमाडौंमा आयोजित एक कार्यक्रममा राजावादीले गरेका गतिविधि संविधान विपरित भएको भन्दै उनले विगतका राजा र महाराजाहरुले वेश्यालय गएर अन्तर्राष्ट्रिय रुपमा नै नेपालको बेइज्जत गरेको आरोप लगाए ।

विगतका राजा–महाराजाहरुले विदेशीको चाकडी कसरी गरेका थिए? दरबार हत्या काण्ड कसले कसरी गरेको हो ? नमिता सुनिताको हत्याकाण्ड कसरी लुकाइयो भन्नेकुरा युवालाई बुझाउन जरुरी रहेको बताए ।

उनले भने, ‘नेपालको नक्सालाई संकुचित बनाउने काम दरबारीया राजाहरुले कसरी गरेका थिए, विदेशीको चाकडी कसरी गरेका थिए ? हिजोका राजा, महाराजाहरु अन्तर्राष्ट्रिय रुपमा वेश्यालयहरु गएर नेपालको बेइज्जत कति धेरै गराएका थिए?’ उनले भने, ‘ नमिता सुनिता हत्याकाण्ड के थियो ? दरबार हत्याकाण्ड कसले कसरी गरेको हो, यो युवालाई बुझाउनुपर्छ।’

उनले अरु सबै कुरा परिवर्तन गर्न सकिने तर जनतामा गएको सार्वभौम सत्ता र राष्ट्रिय स्वाधिनता तथा भौगोलिक अखण्डता परिवर्तन गर्नै नसकिने उल्लेख गरे ।
उनले राजावादीहरुले गरेको प्रदर्शन संविधानविपरीत भएको भन्दै थपे, ‘अहिले तथाकथित राजावादीहरुले जे गरेका छन् त्यो संविधान विपरित काम हो। जनताको सार्वभौम सत्ता खोस्नेतिर गएका छन् । जनता रैती बन्न सक्दैनन् ।  प्रतिक्रियावादीको गतिविधि जनतालाई फेरि रैती बनाउने उद्देश्यले प्रेरित छ । त्यसलाई कुनै हालतमा सफल हुन दिइने छैन।’

यस्तै, दाहालले कांग्रेस–एमाले र नेकपा माओवादी केन्द्र मिलेर सरकार बनाउन लागेको चर्चा भैरहेको भन्दै अहिले प्राप्त उपलब्धिको रक्षा गर्दै परिमार्जन गरी अझ जनपक्षिय बनाउने कुरामा आफू निरन्तर लागेको तर, सरकारमा नजाने बताएका छन्। देशमा संकट आएको खण्डमा संकट समाधानका लागि आफूहरुले विचार दिने तर यही सरकारमा गएर सामेल नहुने भनाइ उनको छ ।

 

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

Reporter

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit