Advertisement
Advertisement
Corporate Samachar
२३ असार २०८३, मंगलवार
Advertisement

प्राइम कमर्सियल बैंकको साधारणसभाबाट आठ प्रतिशत बोनस शेयर प्रस्ताव पारित, सञ्चालकमा विष्ट निर्विरोध

प्राइम कमर्सियल बैंकको साधारणसभाबाट आठ प्रतिशत बोनस शेयर प्रस्ताव पारित, सञ्चालकमा विष्ट निर्विरोध
विज्ञापन
Advertisement

काठमाडौं । प्राइम कमर्सियल बैंक लिमिटेडको १८ औं वार्षिक साधारणसभाबाट शेयरधनिलाई आठ प्रतिशत बोनस शेयर दिने प्रस्ताव पारित भएको छ ।

विज्ञापन
Advertisement
Advertisement

प्राइम कमर्सियल बैंक लिमिटेडको १८ औं वार्षिक साधारणसभा बैंक सञ्चालक समितिका अध्यक्ष राजेन्द्रदास श्रेष्ठको अध्यक्षतामा आज सम्पन्न सभाले सञ्चालक समितिले सिफारिस गरे बमोजिम आर्थिक वर्ष २०८१/८२ को मुनाफाबाट आफ्ना शेयरधनीहरुलाई ८ (आठ) प्रतिशत बोनस शेयर तथा चुक्ता पूँजीको ०.४२१ प्रतिशत नगद लाभांश, बोनस शेयरको कर प्रयोजनको लागि दिने निर्णयलाई अनुमोदन गरेको हो ।

यसैगरी, सभाले बैंक सञ्चालक समितिमा सर्वसाधारण शेयर धनीहरुको तर्फबाट सञ्चालक पदमा वरिष्ठ आर्थिक पत्रकार डा. गजेन्द्र विष्टलाई निर्विरोध चयन गरेको छ । डा.विष्ट यस अघि पनि बैंकको सञ्चालक थिए ।

साधारणसभामा अध्यक्ष श्रेष्ठले आगामी दिनहरुमा पनि बैंकको सेवा र शाखाहरुको सञ्जाल विस्तार गर्दै आफ्ना शेयरधनीहरुलाई यथोचित र समय सापेक्ष प्रतिफलको निरन्तरता दिने तथा ग्राहक केन्द्रित डिजिटल समाधान मार्फत बैंकको सेवा आधुनिक र सरल बनाउने प्रतिवद्धता व्यक्त गरेको कम्पनी सचिव सन्तोष बरालले जानकारी दिए ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit