Advertisement
Advertisement
Corporate Samachar
९ असार २०८३, मंगलवार
Advertisement

तामाकोशी पाँचौंका श्रमिकहरू निरन्तर दबाब बढाउँदै, सिनो हाइड्रोले १३ बुँदे माग सम्बोधन नगर्दासम्म काम ठप्प पार्ने

तामाकोशी पाँचौंका श्रमिकहरू निरन्तर दबाब बढाउँदै, सिनो हाइड्रोले १३ बुँदे माग सम्बोधन नगर्दासम्म काम ठप्प पार्ने
विज्ञापन
Advertisement

काठमाडौं ।  तामाकोशी पाँचौंका श्रमिकहरूले ‘सिनो हाइड्रो–केएसएनएस जेभी’को सुरीटारस्थित साइट मुख्य कार्यालयमा आज पनि धर्ना दिएका छन् ।

विज्ञापन
Advertisement
Advertisement

सिनो हाइड्रोले नेपालको प्रचलित श्रम ऐन पालना नगरी श्रमिकको श्रम शोषण गरेको भन्दै फागुन २८ गतेदेखि आन्दोलित नेपाली श्रमिकहरूले धर्ना कार्यक्रमलाई निरन्तरता दिएका हुन् ।

दोलखाको बिगु गाउँपालिका–४ लादुकको सुरीटारमा निर्माणाधीन आयोजनाअन्तर्गत अडिट–१ र २ को ठेकेदार कम्पनी ‘सिनो हाइड्रो–केएसएनएस जेभी’सँग भएको सहमति कार्यान्वयन नभएपछि ६ दिनयता नेपाली श्रमिकहरू कामै छोडेर आन्दोलिन भएका छन् ।

आयोजनाका नेपाली श्रमिकहरू आन्दोलित भएपछि निर्माणाधीन ९९ दशमलव ८ मेगावाट क्षमताको सो आयोजनाअन्तर्गत अडिट–१ र २ को कामकाज ठप्प भएको छ ।

आफूहरूको जायज मागहरू ठेकेदार व्यवस्थापनले पूरा नगरेसम्म आयोजनाको अडिट–१ र २ लगायत स्थानहरूको सम्पूर्ण काम ठप्प पार्ने उनीहरूले बताएका छन् । कम्पनीमाथि दबाब सृजना गर्न उनीहरूले ठेकेदार कम्पनीको साइट मुख्य कार्यालय र शाखा कार्यालयमा हरेक दिन एक घण्टा विरोध सभा र शान्तिपूर्ण धर्ना कार्यक्रम गर्दै आएका छन् ।

सिनो हाइड्रोले आफ्नो कम्पनीमा कार्यरत नेपाली श्रमिकहरूको माग सम्बोधन नगरेपछि फागुन २८ गतेदेखि सम्पूर्ण कामकाज ठप्प पारिएको सह–संयोजक मदन श्रेष्ठले बताए । उनका अनुसार यसअघि नेपाली श्रमिकहरूले नेपालको प्रचलित श्रम ऐन, २०७४ को प्रावधान अनुसार आफूहरूलाई रोजगार सम्झौतापत्र दिनुपर्नेलगायत विभिन्न १३ बुँदे माग सिनो हाइड्रोसमक्ष राखेका थिए ।

उक्त मागका सम्बन्धमा श्रमिक र कम्पनीबीच गत फागुन १६ गते सहमति भएको थियो । स्थानीय जनप्रतिनिधि र आयोजनाका पदाधिकारीहरूको रोहवरमा भएको सो सहमति कार्यान्वयन गर्न कम्पनीले उदासिनता देखाएपछि कामकाज ठप्प पार्न बाध्य भएको उनको भनाइ छ ।

उनीहरूले यसअघि रोजगार सम्झौता वा नियुक्तिपत्र उपलब्ध गराउनुपर्ने, सेवासुविधा, उपदान, दुर्घटना बीमा, चिकित्सा बीमा, सञ्चय कोष, चाडपर्व खर्च, वार्षिक तलव वृद्धिरग्रेड तथा सार्वजनिक, साप्ताहिक, प्रतिस्थापन, घर, बिरामी र सुत्केरीलगायत विदाको बारेमा स्पष्टता खोजेका थिए । त्यस्तै, काम गर्ने घण्टा, ओभरटाइम सुविधा, निर्माण मजदुरको समस्या, स्वास्थ्य र सुरक्षा तथा कार्य विवरणको बारेमा पनि स्पष्ट बन्नरबनाउन कम्पनीसमक्ष लिखित आग्रह गरेका थिए ।

नेपालको श्रम कानुन अनुसार श्रमिकले पाउनुपर्ने सेवासुविधालाई समेटेर ठेकेदार कम्पनीसमक्ष १३ बुँदे मागपत्र बुझाएको तर अहिलेसम्म कुनै पनि विषयको सम्बोधन नभएको उनीहरूको भनाइ छ । हाल तामाकोशी पाँचौंमा करिब पाँच सय जना श्रमिक कार्यरत छन् । त्यसमध्ये ४०० जना नेपाली मात्रै छन् ।

 

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

Reporter

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit