Advertisement
Advertisement
Corporate Samachar
२४ असार २०८३, बुधबार
Advertisement

अब हरेक आइतबार जावलाखेल पार्कमा १० रुपैयाँमै ‘तातो खाना’ खान पाइने

अब हरेक आइतबार जावलाखेल पार्कमा १० रुपैयाँमै ‘तातो खाना’ खान पाइने
विज्ञापन
Advertisement

काठमाडौं ।  प्रिमियर इन्टरनेशनल आईबी कन्टिन्युम स्कूलले ‘तातो खाना’ अभियान पुनः सञ्चालनमा ल्याएको छ ।

विज्ञापन
Advertisement
Advertisement

समुदायमा तातो खानाको महत्त्व बुझाउने र आपसी सहयोगलाई प्रबर्द्धन गर्ने उद्देश्यले ललितपुरमा पहिलो पटक सुरु गरिएको ‘तातो खाना’ अभियान तर कोभिड–१९ महामारीका कारण रोकिएको थियो। सोमबारदेखि पुनः उक्त अभियानलाई निरन्तरता दिइएको छ । अभियानले तातो खानाको महत्त्व केवल पोषणमा मात्र सीमित नराखि, सम्मान, हेरचाह र सामुदायिक ऐक्यबद्धताको प्रतीक हो भन्ने कुरालाई पुनः स्थापित गर्न खोजिएको आयोजकको धारणा छ।

ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जनले अभियानप्रति ऐक्यबद्धता जनाउँदै महानगरपालिकाबाट पूर्ण सहयोग गर्ने बताए । उनले भने ‘तातो खाना जस्ता सामाजिक अभियानहरूले समाजमा सकारात्मक प्रभाव पार्न सक्छन् भन्ने उदाहरण प्रस्तुत गर्छन्। महानगरपालिकाको तर्फबाट यस अभियानलाई पूर्ण सहयोग रहनेछ, र हामी चाहन्छौं कि यो अभियान दीर्घकालीन रूपमा अझ ठूलो स्तरमा अघि बढोस्।’

यस अभियानलाई सामान्य निःशुल्क खाना वितरण कार्यक्रमभन्दा फरक बनाइएको छ। ‘मुफ्त पाइने चीजको मूल्य बुझिँदैन’ भन्ने सोचलाई ध्यानमा राख्दै हरेक भोजनका लागि १० रुपैयाँ शुल्क तोकिएको छ । जसले खानाको महत्त्व र सम्मान गर्ने बानी प्रबर्द्धन गर्नुका साथै समुदायमा एकता र परोपकारको भाव विकास गर्नेछ । यो अभियानमा जोसुकैले अरूको लागि खाना उपलब्ध गराएर योगदान गर्न सक्ने व्यवस्था गरिएको छ । यसले साझेदारी, सहयोग र परोपकारको संस्कृतिलाई बलियो बनाउने लक्ष्य अभियानको छ ।

कार्यक्रममा प्रिमियर इन्टरनेशनल आईबी कन्टिन्युम स्कूललका निर्देशक पवित्र लिम्बुले भनिन्, ‘तातो खाना केवल पेट भर्नको लागि होइन, यो माया, सम्मान र समुदायको चिनो हो। तातो खाना अभियान सानो तर गहिरो अर्थ राख्ने प्रयास हो, जसले हामीलाई हामीसँग भएको कुरा बाँड्न र सहयोगको भावनामा उभिन स्मरण गराउँछ।’

तातो खाना अभियान हरेक आइतबार बिहान १० बजेदेखि १२ बजेसम्म, जावलाखेल पार्कमा सञ्चालन हुनेछ।

तातो खानाको महत्त्व उजागर गर्दै समुदायमा सहयोग, जिम्मेवारी र सहअस्तित्वको भावना फैलाउने उद्देश्यले पुनः सुरु गरिएको यो कार्यक्रममा महानगरपालिकाका मेयर चिरिबाबु महर्जन, ललितपुर महानगर प्रहरी प्रमुख सिताराम हाछेथु, शिक्षा मन्त्रालयका उच्च अधिकारीहरू तथा विद्यालयका विद्यार्थी, अभिभावक र कर्मचारीहरूको उपस्थिति थियो ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

Reporter

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit