Advertisement
Advertisement
Corporate Samachar
४ असार २०८३, बिहीबार
Advertisement

अजरबैजानमा हुने ‘अन्तर्राष्ट्रिय इकोनोमिक्स ओलम्पियाड’ मा जाने यी हुन पाँच गोल्ड मेडलिस्ट

अजरबैजानमा हुने ‘अन्तर्राष्ट्रिय इकोनोमिक्स ओलम्पियाड’ मा जाने यी हुन पाँच गोल्ड मेडलिस्ट
विज्ञापन
Advertisement

काठमाडौं।  नेपाल इकोनोमिक्स ओलम्पियाड २०२५ सम्पन्न भएको छ। योङ इकोनोमिस्ट सोसाइटी नेपालले प्रत्येक वर्ष आयोजना गर्ने प्रतियोगिताको छैटौं संस्करणको ‘सविता ग्रुप होल्डिङ्स नेपाल इकोनोमिक्स ओलम्पियाड २०२५’ आइतबार सम्पन्न भएको हो।

विज्ञापन
Advertisement
Advertisement

फागुन १६ देखि १८ गतेसम्म काठमाडौंको किङ्स कलेजमा चलेको ओलम्पियाडमा देशभरका सातै प्रदेशका १८७ शैक्षिक संस्थाबाट छनोट भएका १०० विद्यार्थीहरूले प्रतिस्पर्धा गरेका थिए। प्रतियोगितामा आर्थिक समस्याहरू समाधान गर्ने क्षमता, वित्तीय विश्लेषण र तार्किक क्षमताका आधारमा विजेता चयन गरिएको थियो।

नेपाल पर्यटन बोर्ड भृकुटीमण्डपमा सम्पन्न कार्यक्रममा बुढानीलकण्ठ स्कुलबाट इशान शेखर खड्का, त्रिनिटी इन्टरनेसनल कलेजबाट आवाज सिमखडा, समीप यादव, रोशन सेढाई र रातो बंगलाबाट विज्ञान अधिकारीले गोल्ड मेडल जितेका छन्। उनीहरूले अजरबैजानको बाकुमा जुलाई २०२५ मा हुने ‘अन्तर्राष्ट्रिय इकोनोमिक्स ओलम्पियाड’मा नेपालको प्रतिनिधित्व गर्नेछन् ।

गोल्ड मेडल विजेताहरूलाई राष्ट्रिय योजना आयोगका पूर्व सदस्यहरु तथा अर्थशास्त्री डा.विश्व पौडेलले मेडल तथा प्रमाणपत्र प्रदान गरेका थिए। पौडेलले प्रतियोगिताले विद्यार्थीहरूलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा अवसरहरूको ढोका खोल्ने बताउँदै भविष्यका नीति निर्माणकर्ताका लागि यो महत्वपूर्ण मञ्च भएको उल्लेख गरे।

 

 

यसैगरी, प्रतिस्पर्धामा सेन्ट जेभियर कलेजका रघुविर श्रेष्ठ, हेटौंडा स्कुल अफ म्यानेजमेन्टका शिवम् मिश्र, सुदूरपश्चिमाञ्चल एकेडेमीकी नीतिका अवस्थी, जेभियर इन्टरनेसनल कलेजका अक्षत कार्ला र प्रिमियर इन्टरनेसनल कलेजका शुभम बजगाईंले सिल्भर मेडल जितेका छन्।

सिल्भर मेडल विजेताहरूले अस्ट्रेलियाको युनिभर्सिटी अफ न्यु साउथ वेल्स र अस्ट्रेलियन इकोनोमिक्स ओलम्पियाडको संयुक्त आयोजनामा हुने अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा नेपालको तर्फबाट भाग लिनेछन्। उनीहरूलाई नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक डा. गुणाकर भट्टले मेडल तथा प्रमाणपत्र प्रदान गरेका थिए।

प्रतियोगितामा बिजनेस केस एनालाइसिस विधाका उत्कृष्ट विजेताहरूलाई नगद २५,००० रुपैयाँसहित सम्मान गरिएको थियो। यस चरणमा विद्यार्थीहरूले काठमाडौंमा मेट्रो रेलको सम्भाव्यता अध्ययनसम्बन्धी आफ्नो विश्लेषण प्रस्तुत गरेका थिए।

ओलम्पियाडका दौरान राष्ट्र बैंकबाट मान्यता प्राप्त वित्तीय साक्षरता प्रशिक्षकहरूले वित्तीय साक्षरता सम्बन्धी अभिमुखीकरण प्रदान गरेका थिए। साथै, राष्ट्रिय योजना आयोगका सदस्यहरूले अर्थशास्त्रसम्बन्धी विशेष लेक्चर तथा राष्ट्रिय र अन्तर्राष्ट्रिय छात्रवृत्ति सम्बन्धी जानकारीमूलक सत्रहरू सञ्चालन गरेका थिए।

नेपाल इकोनोमिक्स ओलम्पियाडका पार्टनरसिप निर्देशक दीपक भण्डारीले प्रतियोगिता विद्यार्थीहरूलाई प्रतिस्पर्धात्मक अवसर प्रदान गर्ने मात्र नभई उनीहरूको वित्तीय साक्षरता, विश्लेषणात्मक क्षमता तथा नीति निर्माणमा योगदान पुर्याउने महत्वपूर्ण प्लेटफर्म भएको बताए।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

Reporter

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit