Advertisement
Advertisement
Corporate Samachar
१८ जेष्ठ २०८३, सोमबार
Advertisement
Advertisement
विज्ञापन
Advertisement

व्यावसायिक उत्पादनका लागि मकैका पाँच जात सिफारिस गर्ने तयारी

व्यावसायिक उत्पादनका लागि मकैका पाँच जात सिफारिस गर्ने तयारी
विज्ञापन
Advertisement

काठमाडौं ।  चितवनमा राष्ट्रिय मकै बाली अनुसन्धान कार्यक्रम अन्र्तगत रामपुरले विकास र परीक्षण गरेका पाँच जातको मकै सिफारिस गर्ने तयारी गरेको छ । झन्डै १२ वर्षअघिदेखि देशका विभिन्न स्थानमा परीक्षण गरिँदै आइएका जातहरूको सिफारिस गर्ने तयारी गरिएको हो ।

विज्ञापन
Advertisement
Advertisement

सिफारिस गर्न लागिएका मकैका जातहरूमा उन्नत जातमा बिजीबीवाइपिओपी र टिएलबीआरएसओ–७एफ१६ जात रहेको छ । अहिले ति जातका मकैको बीउ परीक्षणका क्रममा रहेका र अब यसलाई सिफारिस गर्ने तयारी गरिएको कार्यक्रमका संयोजक तीर्थराज रिजालले जानकारी दिए । असारसम्ममा बीउबिजन गुणस्तर तथा नियन्त्रण केन्द्रमा सिफारिस गर्ने तयारी गरिएको छ । केन्द्रले अनुमोदन गरेर राष्ट्रिय बीउ नियन्त्रण केन्द्रमा पठाउँछ । त्यहाँ अनुमोदन भएपछि व्यावसायिक उत्पादनका लागि आउने रिजालले जानकारी दिए ।

यस कार्यक्रममार्फत नेपालमा अहिलेसम्म उन्नत जातका लागि ३१ वटा मकैका बीउका जात सिफारिस गरिएको छ । जुन नेपाली जनताले रुचाएका छन् । उच्च पहाडका लागि गणेश–१ र २, मध्यपहाडका लागि मनकामना–१, ३, ५, ७ र ९ जात सिफारिस गरिएको छ । यस्तै तराईका लागि रामपुर जातका मकै सिफारिस गरिएको उनले बताए । अहिले सिफारिस गर्न लागिएका मकै तराई र मध्यपहाडी क्षेत्रका लागि उपयुक्त हुने छ ।

किसानलाई चाँडो पाक्ने खालका मकै पनि सिफारिस गरिएको छ । जसमा अरुण–१, २, ३, ४, ५, ६ जातका रहेका छन् । यी मकै लगाएको ८० देखि ९० दिनमा तयारी हुने गर्छन् । अन्य मकै एक सय २० देखि एक सय ५० दिनसम्म लाग्ने रिजालको भनाइ छ ।

कार्यालयले हाइब्रिड मकैतर्फ अहिलेसम्म १० जात सिफारिस गरेको छ । अहिले तीन जात सिफारिसको चरणमा रहेको उनले बताए । सिफारिस गर्न लागिएका जात सिएएच–१५११, सिएएच–११८७, सिएएच–१९ छन् । यी मकैमा तापक्रम सहन सक्ने क्षमता भएकाले भित्री मधेस र तराईका जिल्लाका लागि सिफारिसको काम भइरहेको रिजालले बताए ।

उनले भने, ‘विसं २०७७ देखि हामीले कुनै जातको मकै सिफारिस गरेका छैनौँ, अब पाँच जातका मकै सिफारिसको तयारीमा छौँ ।’ यी तीन जात आगामी वर्ष सिफारिस गर्ने तयारी छ । नेपालमा पहिलोपटक सन् २००१ मा गौरव जातको हाइब्रिड मकै सिफारिस गरिएको थियो । त्यसपछि यता रामपुर हाइब्रिड–२, ४, ६, ८, १० लगायत मकै सिफारिस भइसकेको छ । हाइब्रिड जातमा नौवटा तराईका लागि हुन् भने एउटा मध्यपहाडका लागि हो । उनले भने, ‘हामीले वंशको मात्रै विकास गर्दैनौँ, मकैमा लाग्ने कीरा नियन्त्रण, माटो सुधार कसरी गर्न सकिन्छ भन्ने विषयमा अध्ययनलगायत काम गर्दै आएका छौँ ।’

कार्यक्रमअन्तर्गत अहिलेसम्म किसानले नरुचाएका आठवटा जातलाई सूचीबाट हटाइसकिएको छभने पाँचवटा जातलाई सूचीबाट हटाउन सिफारिसको तयारी थालिएको छ । चलनचल्तीमा नआएका, रोग र कीराले समस्या बनाएका यस्ता जातलाई सूचीबाट हटाउन सिफारिस गरिने गरिन्छ । यस कार्यक्रमले पहिलोपटक विसं २०३३ मा रामपुर कम्पोजिट मकैको बीउ सिफारिस गरेर बीउ उत्पादनको काम सुरु गरेको थियो ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

Reporter

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit