Advertisement
Advertisement
Corporate Samachar
१८ जेष्ठ २०८३, सोमबार
Advertisement
Advertisement
विज्ञापन
Advertisement

ग्रीन डेभलपमेन्ट बैंकले चैत २७ गतेलाई बोलायो साधारण सभा

ग्रीन डेभलपमेन्ट बैंकले चैत २७ गतेलाई बोलायो साधारण सभा
विज्ञापन
Advertisement

काठमाडौं ।  ग्रीन डेभलपमेन्ट बैंकले आफ्नो १२ औँ वार्षिक साधारण सभा बोलाएको छ । बैंक सञ्चालक समितिको बैठकले वार्षिक साधारण सभा यही चैत २७ गते आयोजना गर्ने गरी निर्णय गरेको हो।

विज्ञापन
Advertisement
Advertisement

सभा बागलुङ नगरपालिका–७ हरिशंकर रोडस्थित होटल पिस प्यालेसमा बिहान ११ बजेबाट सुरु हुने कम्पनीले जनाएको छ। सभाले गत आर्थिक वर्ष २०८०/८१ का लागि प्रस्तावित हाल कायम चुक्तापुँजीको कुल ६.०५ प्रतिशत लाभांश अनुमोदन गर्नेछ। त्यसको ५.७५ प्रतिशत बोनस शेयर र कर प्रयोजनार्थ ०.३०२७ प्रतिशत नगद लाभांश रहने छ ।

कम्पनीको बोनस शेयर वितरणपछि कायम हुने चुक्तापुँजी ५६ करोड ९६ लाख ९८ हजार ५०० रुपैयाँको कुल १.१०७१ अनुपात अर्थात ११०.७१ प्रतिशतले हुन आउने ६३ करोड ७ लाख १३ हजार २०० रुपैयाँ बराबरको हकप्रद शेयर जारी गर्ने विशेष प्रस्ताव पनि सभाले अनुमोदन गर्ने उल्लेख छ।

बोनस शेयर र हकप्रद जारीपछि बैंकको प्रबन्ध पत्र र नियमावलीमा संशोधन गर्ने प्रस्ताव सँगै सर्वसाधारण समूहबाट सञ्चालक समितिमा प्रतिनिधित्व गर्ने २ जना सञ्चालकको निर्वाचन गर्नेछ। यस्तै, सभाबाट चालु आर्थिक वर्षका लेखापरीक्षकको नियुक्ति र निजको पारिश्रमिक निर्धारणसम्बन्धी प्रस्ताव पारित गर्नेछ।

लाभांश र वार्षिक साधारण सभा प्रयोजनार्थ बैंकले चैत १५ गते बुक क्लोज गर्ने निर्णय गरेको छ। यसको अर्थ चैत १५ गतेभन्दा अघिसम्म कायम सेयरधनीहरुमात्रै यो कम्पनीको लाभांश पाउनेछन् ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

Reporter

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit