images
images
images

२५ करोड बरामद घटनाको विशेष समिति बनाएर छानबिन गर्नुपर्छ : मा‌ओवादी

images
images
images

काठमाडौं ।  नेकपा माओवादी केन्द्रले २५ करोड रुपैयाँ अवैध रकम बरामद गरिएको घटनाको छानबिन गर्न विशेष समितिको माग गरेको छ ।

आज बसेको प्रतिनिधिसभा बैठकमा माओवादीका सांसद माधव सापकोटाले उक्त घटनाको छानबिनका लागि समिति बनाउन माग गरेका हुन् । उनले यस घटनाप्रति पार्टीको विशेष चासो रहेको भन्दै दोषीमाथि विशेष छानबिन गरिनुपर्ने बताए ।

images
images

सांसद सापकोटाले भने, ‘यस घटनाबारे विशेष प्रकारको छानबिन समिति निर्माण गरियोस् । यसमा हाम्रो विशेष चासो छ । यसमा संलग्न रहेका उच्च तहका नेता, कर्मचारी जो हुन् तिनलाई कानुनी दायरामा ल्याउन जोडदार माग गर्दछु।’

सांसद सापकोटाले उपल्लो तहसँगको सम्बन्धबिना यस्ता ठूला घटना हुन नसक्ने बताए । उनले यसलाई सरकारले गम्भीर रुपमा लिएर छानबिन गर्नुपर्नेमा जोड दिँदै भने, ‘यति ठूलो मात्राको तस्करीको घटना उपल्लो तहको कनेक्सन नभई सम्भव छैन । गम्भीरतापूर्व छानबिन अनुसन्धान गर्न जोडदार माग गर्दछौँ।’

यस्तै, मंगलबार बरामद गरिएको २५ करोड रुपैयाँ घटनाले नेपालमा अपराधको जालो कसरी झाँगिएको छ भन्ने कुरा स्पष्ट बनाएको सापकोटाको भनाइ छ । यो सरकार सुशासनप्रति इमान्दार नभएकोले सरकारकाप्रति माओवादीले आशंका व्यक्त गरिरहेको बताए ।

images
images

प्रतिक्रिया दिनुहोस्