Advertisement
Advertisement
Corporate Samachar
४ असार २०८३, बिहीबार
Advertisement

२५ करोड बरामद घटनाको विशेष समिति बनाएर छानबिन गर्नुपर्छ : मा‌ओवादी

२५ करोड बरामद घटनाको विशेष समिति बनाएर छानबिन गर्नुपर्छ : मा‌ओवादी
विज्ञापन
Advertisement

काठमाडौं ।  नेकपा माओवादी केन्द्रले २५ करोड रुपैयाँ अवैध रकम बरामद गरिएको घटनाको छानबिन गर्न विशेष समितिको माग गरेको छ ।

विज्ञापन
Advertisement
Advertisement

आज बसेको प्रतिनिधिसभा बैठकमा माओवादीका सांसद माधव सापकोटाले उक्त घटनाको छानबिनका लागि समिति बनाउन माग गरेका हुन् । उनले यस घटनाप्रति पार्टीको विशेष चासो रहेको भन्दै दोषीमाथि विशेष छानबिन गरिनुपर्ने बताए ।

सांसद सापकोटाले भने, ‘यस घटनाबारे विशेष प्रकारको छानबिन समिति निर्माण गरियोस् । यसमा हाम्रो विशेष चासो छ । यसमा संलग्न रहेका उच्च तहका नेता, कर्मचारी जो हुन् तिनलाई कानुनी दायरामा ल्याउन जोडदार माग गर्दछु।’

सांसद सापकोटाले उपल्लो तहसँगको सम्बन्धबिना यस्ता ठूला घटना हुन नसक्ने बताए । उनले यसलाई सरकारले गम्भीर रुपमा लिएर छानबिन गर्नुपर्नेमा जोड दिँदै भने, ‘यति ठूलो मात्राको तस्करीको घटना उपल्लो तहको कनेक्सन नभई सम्भव छैन । गम्भीरतापूर्व छानबिन अनुसन्धान गर्न जोडदार माग गर्दछौँ।’

यस्तै, मंगलबार बरामद गरिएको २५ करोड रुपैयाँ घटनाले नेपालमा अपराधको जालो कसरी झाँगिएको छ भन्ने कुरा स्पष्ट बनाएको सापकोटाको भनाइ छ । यो सरकार सुशासनप्रति इमान्दार नभएकोले सरकारकाप्रति माओवादीले आशंका व्यक्त गरिरहेको बताए ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

Reporter

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit