Advertisement
Advertisement
Corporate Samachar
४ असार २०८३, बिहीबार
Advertisement

रुसले एक महिने युद्धविराम अस्वीकार गर्यो : जेलेन्स्की

रुसले एक महिने युद्धविराम अस्वीकार गर्यो : जेलेन्स्की
विज्ञापन
Advertisement

एजेन्सी ।  युक्रेनले रुसमाथि अमेरिका–समर्थित युद्धविराम प्रस्ताव अस्वीकार गरेको आरोप लगाएको छ ।

विज्ञापन
Advertisement
Advertisement

युक्रेनले ऊर्जा ग्रिडमा आक्रमणहरू रोक्न सहमत भएको केही घण्टापछि नै मस्कोले नागरिक पूर्वाधारमा आक्रमण गरेपछि बुधबार युक्रेनले युद्धविराम प्रस्ताव प्रभावकारी बनाउन रुसले नचाहेको बताएको हो ।

वासिङ्टनले तीन वर्ष पुरानो युद्ध रोक्ने प्रयासमा पहिलो कदमका रूपमा पूर्ण ३० दिनको युद्धविरामका लागि दबाब दिइरहेको छ ।

तर मङ्गलबार अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँगको ९० मिनेटको कुराकानीमा रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले यस्तो कुनै सम्झौता पश्चिमले युक्रेनका लागि सबै सैन्य सहायता रोक्नेमा निर्भर रहने कुरामा जोड दिँदै अस्वीकार गरे ।

क्रेमलिनका अनुसार पुटिनले आफ्नो सेनालाई ३० दिनका लागि युक्रेनी ऊर्जा भण्डारण क्षेत्रमा आक्रमण रोक्न आदेश दिएका छन् । पुटिन–ट्रम्प कुराकानीबाट रुस र युक्रेनले बुधबार एक सय ७५ कैदी आदान–प्रदान गर्ने घोषणा पनि भयो । युक्रेनी राष्ट्रपति भोलोदिमर जेलेन्स्कीले प्रस्तावित ऊर्जा युद्धविरामलाई स्वागत गरे पनि वासिङ्टनबाट थप ‘विवरण’ चाहिएको बताए ।

अमेरिकी राजदूत स्टिभ विटकफले आइतबार जेद्दामा युद्धविराम वार्ता फेरि सुरु हुने र अमेरिकी प्रतिनिधिमण्डलको नेतृत्व विदेशमन्त्री मार्को रुबियो र राष्ट्रिय सुरक्षा सल्लाहकार माइक वाल्ट्जले गर्ने जानकारी दिए। मस्कोले युद्धभर युक्रेनको ऊर्जा पूर्वाधारमा विनाशकारी आक्रमणहरू गरेको छ भने युक्रेनले धेरै रुसी तेल प्रतिष्ठानहरूमा बम विस्फोट गर्न ड्रोनहरू प्रयोग गरेको छ ।

ट्रम्प र पुटिनले कुरा गरेको केही घण्टापछि नै युक्रेनमा विस्फोट र हवाई आक्रमणको साइरनहरू बजेको छ ।

राष्ट्रपछि जेलेन्स्कीले भने, “सुमीको एक अस्पतालसहित विशेष गरी नागरिक पूर्वाधारमा आक्रमणहरू भएका छन् । रुसले रातको समयमा गरेका यस्ता आक्रमणहरूले हाम्रो ऊर्जा क्षेत्र, हाम्रो पूर्वाधार र युक्रेनीहरूको सामान्य जीवनलाई ध्वस्त पार्छ, आज पुटिनले पूर्ण युद्धविरामको प्रस्तावलाई प्रभावकारी रूपमा अस्वीकार गर्नुभयो ।”

सीमापार रूसी आपत्कालीन सेवाका अधिकारीहरूले युक्रेनी ड्रोन आक्रमणको भग्नावशेषले काभकाज्स्काया गाउँको एक तेल डिपोमा आगो लागेको बताए ।

किएभमा युद्ध–थकित युक्रेनीहरू कुनै पनि युद्धविरामको सम्भावनाबारे शङ्कालु थिए । “म पुटिनलाई बिल्कुल विश्वास गर्दिन, एउटा शब्द पनि । उहाँले केवल बल बुझ्नुहुन्छ”, ३२ वर्षीय लेभ शोलोडकोले भने ।

 

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

Reporter

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit