Advertisement
Advertisement
Corporate Samachar
३० जेष्ठ २०८३, शनिबार
Advertisement
Advertisement
विज्ञापन
Advertisement

बालिकालाई जबरजस्ती वेश्यावृत्तिमा लगाउने मल्ल पक्राउ, दुईको उद्दार

बालिकालाई जबरजस्ती वेश्यावृत्तिमा लगाउने मल्ल पक्राउ, दुईको उद्दार
विज्ञापन
Advertisement

काठमाडौं ।  बालिकालाई वेश्यावृतिमा लगाउने कार्यमा संलग्न रहेको अभियोगमा प्रहरीले एक जनालाई बालाजुबाट पक्राउ गरेको छ ।

विज्ञापन
Advertisement
Advertisement

काठमाडौं महानगरपालिका–१६ बालाजुस्थित पञ्चेश्वर महाकाली गेष्ट हाउस एण्ड रेष्टुरेन्टका सञ्चालक गोरखा पालुङटार नगरपालिका–६ घर भएका ४५ वर्षीय शम्भुलाल मल्ललाई प्रहरीले पक्राउ गरेको हो।

उक्त गेष्ट हाउस एण्ड रेष्टुरेन्टमा शम्भुलालले आर्थिक लाभ लिई बालिकालाई जबरजस्ती वेश्यावृत्तिमा लगाउने गरेको भन्ने सूचनाका आधारमा मानव बेचबिखन ब्यूरो बबरमहलबाट खटिएको प्रहरीले सोमबार निजलाई पक्राउ गरेको हो । साथै प्रहरीले उक्त गेष्ट हाउसबाट दुई जना बालिकाको उद्दार गरी सुरक्षित आवासका लागि सेल्टरहोममा पठाएको जनाएको छ ।

लालमाथि मानव बेचबिखन तथा ओसारपसार मुद्दामा जिल्ला अदालत काठमाडौंबाट पाँच दिन म्याद थपको अनुमति लिई आवश्यक अनुसन्धान थालिएको प्रहरीले जनाएको छ ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

Reporter

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit