Advertisement
Advertisement
Corporate Samachar
२९ जेष्ठ २०८३, शुक्रबार
Advertisement
Advertisement
विज्ञापन
Advertisement

स्वास्थ्य मन्त्री मेहतालाई रास्वपाको ‘स्वास्थ्य बिमा पुनर्संरचनासम्बन्धी मार्गचित्र’

स्वास्थ्य मन्त्री मेहतालाई रास्वपाको ‘स्वास्थ्य बिमा पुनर्संरचनासम्बन्धी मार्गचित्र’
विज्ञापन
Advertisement

काठमाडौं । स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहतालई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले ‘स्वास्थ्य बिमा पुनर्संरचनासम्बन्धी मार्गचित्र’ बुझाएको छ ।

विज्ञापन
Advertisement
Advertisement

मन्त्री मेहतालाई आज मन्त्रालयमा रास्वपा स्वास्थ्य तथा जनसङ्ख्या विभागका प्रमुख डा तोसिमा कार्कीले ‘स्वास्थ्य बिमा पुनर्संरचनासम्बन्धी मार्गचित्र’ बुझाउनुभएको हो । सो क्रममा मन्त्री मेहताले रास्वपा पार्टीले बाचापत्रमा उल्लेख गरेअनुसार स्वास्थ्य बिमा कार्यक्रमलाई पुनर्संरचना गरिने बताउनुभयो ।

विभागका प्रमुख डा कार्कीले रास्वपाको गत फागुनमा सम्पन्न निर्वाचनको बाचापत्रमा उल्लेख भएअनुसार स्वास्थ्य बिमा कार्यक्रमको पुनर्संरचना गर्नका लागि मार्गचित्र बुझाएको बताउनुभयो ।

सरकारका तर्फबाट अर्थमन्त्री डा स्वर्णिम वाग्लले आगामी आर्थिक वर्षको बजेटमा पनि स्वास्थ्य बिमा कार्यक्रमलाई व्यापक पुनर्संरचनाको गर्ने उल्लेख गरे। विभागका प्रमुख डा कार्कीले बजेटमा समेटिएको स्वास्थ्य बिमा कार्यक्रमको पुनर्संरचना गर्ने प्रतिबद्धतालाई कार्यान्वयनमा लैजानका लागि मन्त्री मेहतालाई वाचापत्र बुझाएको बताए ।

उनले केही महत्त्वपूर्ण विषय स्वास्थ्य बिमा ऐनमै संशोधन गरेर अघि बढ्नुपर्ने  बताए । उनले स्वास्थ्य बिमा कार्यक्रमलाई सफल, सबल,ेसुदृढ र प्रभावकारी बनाउन रास्वपा पार्टी कटिबद्ध रहेको  बताए ।

पार्टीले स्वास्थ्य बिमाको यथास्थिति, समस्या, रुपान्तरण, पुनर्संरचना, स्रोत व्यवस्थापन सम्बन्धमा छलफल, अध्ययन र विभिन्न सरोकारवालासँगको छलफलपश्चात स्वास्थ्य बिमा पुनर्संरचनाका लागि मार्गचित्र बनाएको  उनले बताए ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit