Advertisement
Advertisement
Corporate Samachar
११ जेष्ठ २०८३, सोमबार
Advertisement
Advertisement
विज्ञापन
Advertisement

नाटकघर हुँदै चलचित्रमा अभिनय गर्ने क्रम बढ्दो

नाटकघर हुँदै चलचित्रमा अभिनय गर्ने क्रम बढ्दो
विज्ञापन
Advertisement

नाटकघर हुँदै चलचित्रमा अभिनय गर्ने क्रम बढ्दो केही वर्षयता रंगमञ्च हुँदै रंगीन पर्दा अर्थात् चलचित्रमा अभिनय गर्ने कलाकारहरूको संख्या बढ्दो छ। हाल नेपाली चलचित्रको अग्रपंक्तिमा रहेका थुप्रै कलाकार रंगमञ्चबाट उदाएका छन्। यही सन्दर्भमा रंगमञ्चबाट चलचित्रसम्मको यात्राबारे रंगकर्मीहरूबीच छलफल भएको छ।

विज्ञापन
Advertisement
Advertisement

‘विश्वभरिका कथाहरूको उत्सव नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव’ भन्ने नारासहित काठमाडौँमा जारी ‘नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव (निफ)’ को आठौँ संस्करणमा ‘रंगमञ्चबाट रंगीन पर्दा’ शीर्षकमा अन्तर क्रिया कार्यक्रम आयोजना गरिएको थियो। कार्यक्रममा अभिनेता तथा नाट्यकर्मी प्रमोद अग्रहरीले रंगमञ्चले कलाकारलाई आफू र समाज बुझ्न मद्दत गर्नुका साथै अनुशासन सिकाउने बताए।

अभिनय अध्ययन गर्नैपर्ने विधा हो। यसमा अध्ययन नगरी उत्कृष्ट कलाकारिता गर्न सकिन्न भन्ने मेरो बुझाइ छ। रंगमञ्चले चलचित्रमा जान मद्दत गर्ने मात्र होइन, अभिनयमा विविधता ल्याउन पनि सहयोग गर्छ। रंगमञ्चलाई छाडेर होइन, बरु साथमै लिएर चलचित्रमा जानेहरू नै दीर्घायु हुन्छन्,’ उनले भने।

छलफलका क्रममा अभिनेत्री तथा नाट्यकर्मी सरिता गिरीले चलचित्र र रंगमञ्च दुवै माध्यममा संघर्ष र निरन्तरता आवश्यक रहेको बताइन्। ‘रंगमञ्च चलचित्रसम्म पुग्ने एउटा बाटो हो। यहाँ आएर अभिनय सिकेकाहरू अहिले चलचित्रमा सर्वाधिक खोजिने कलाकार बनेका छन्। चलचित्रमा काम गर्ने उद्देश्यले भन्दा पनि अभिनय क्षमतालाई निखार्न रंगमञ्चमा आउनु जरुरी छ,’ उनले भनिन्।

अभिनेता बुद्धि तामाङले रंगमञ्च अभिनयको भविष्य देख्नेलाई बाटो देखाउने माध्यम भएको बताए। ‘नाटकमा हामी आफैँ सबै गर्छौँ, निर्देशक गर्ने कोही हुँदैन। तर, चलचित्रमा हाम्रो अभिनयलाई क्यामेराले नियाल्छ। दुवै माध्यम फरक छन्, त्यसैले एउटै दृष्टिले हेरिनुहुँदैन,’ उनले भने।

नाट्यकर्मी सृजना अधिकारीले चलचित्र ‘सतिदेवी’ मा निभाएको आमाको भूमिकाबारे अनुभव साट्दै भनिन्, ‘माध्यम फरक भए पनि अभिनयको तयारी उस्तै हुन्छ। नाटकमा हामी आफैं सम्पूर्ण तत्व सम्हाल्नुपर्छ, तर चलचित्रमा त्यसका लागि धेरै व्यक्ति हुन्छन्।’ छलफलमा अभिनेत्री गिरीले चलचित्र र रंगमञ्चलाई सँगसँगै अघि बढाइरहेको उल्लेख गर्दै भनिन्, मेरो लागि कथामा पात्रको आवश्यकता महत्त्वपूर्ण हुन्छ, पर्दामा देखिने समयले होइन। मैले आफ्नो उमेरभन्दा बढी उमेरका पात्रका आमाको भूमिका निर्वाह गरेकी छु, तर छोटो भूमिकाहरू पनि निभाएकी छु। पात्रलाई जीवन्त बनाउन सकियो भने त्यसको लम्बाइले असर गर्दैन।’

रंगपत्रकार सुकृत नेपालले सहजीकरण गरेको उक्त छलफलमा सहभागी रंगकर्मीहरूले रंगमञ्चबाट चलचित्रमा गएकाहरूले अभिनयमा निरन्तरता दिनुपर्नेमा जोड दिए।

नेपाल चलचित्र तथा सांस्कृतिक प्रतिष्ठानको आयोजनामा चैत ११ गतेसम्म चल्ने महोत्सवमा ४० देशका ८७ चलचित्र, वृत्तचित्र तथा छोटा चलचित्र प्रदर्शन भइरहेका छन्। महोत्सवका अध्यक्ष केपी पाठकका अनुसार विभिन्न भाषाका चलचित्रहरू एकै ठाउँमा प्रदर्शन हुँदा चलचित्रकर्मीहरूबीच ज्ञान आदानप्रदान हुनुका साथै विश्वका चलचित्रसँग परिचित हुने अवसर मिल्नेछ।

महोत्सवलाई राष्ट्रिय र अन्तर्राष्ट्रिय दुई भागमा वर्गीकरण गरिएको छ। दुवैमा ‘फिचर’ तथा ‘लघु चलचित्र’ विधामा अवार्ड प्रदान गरिनेछ। अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा सर्वोत्कृष्ट चलचित्रलाई १,५०० डलर राशिसहित ‘गौतम बुद्ध अवार्ड’ प्रदान गरिनेछ। यस्तै, ‘अन्तर्राष्ट्रिय चलचित्र समाज महासंघ’ बाट ‘डन कि होते’ शीर्षकमा विशेष पुरस्कार प्रदान गरिनेछ।

नेपाली प्रतिस्पर्धाअन्तर्गत उत्कृष्ट चलचित्रलाई रु। १ लाख, उत्कृष्ट छोटो चलचित्र र वृत्तचित्रलाई ५०५० हजार नगद तथा ट्रफी दिइनेछ। सर्वोत्कृष्ट अन्तर्राष्ट्रिय वृत्तचित्रलाई १,००० डलर राशिको ‘माउन्ट एभरेस्ट अवार्ड’ तथा उत्कृष्ट अन्तर्राष्ट्रिय लघु चलचित्रलाई ५०० डलर राशिको ‘बागमती अवार्ड’ प्रदान गरिनेछ। एआई प्रविधिबाट निर्मित चलचित्रलाई ‘मञ्जुश्री अवार्ड’ प्रदान गरिने आयोजकले जनाएको छ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

Reporter

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit