Advertisement
Advertisement
Corporate Samachar
२७ जेष्ठ २०८३, बुधबार
Advertisement
Advertisement
विज्ञापन
Advertisement

इजरायली आक्रमणमा १० प्यालेस्टिनी मारिए

इजरायली आक्रमणमा १० प्यालेस्टिनी मारिए
विज्ञापन
Advertisement

एजेन्सी । गाजा पट्टीका विभिन्न क्षेत्रमा भएको इजरायली आक्रमणमा परी सोमबार दस जना प्यालेस्टिनीको मृत्यु भएको छ भने अन्य केही घाइते भएको जनाइएको छ ।

विज्ञापन
Advertisement
Advertisement

खान युनूसको दक्षिणमा क्विजान रस्वान क्षेत्रमा विस्थापितहरूको शिविरमा भएको इजरायली हवाई आक्रमणमा छ जना नागरिकको मृत्यु भएको प्यालेस्टिनी चिकित्सा स्रोतले जनाएको छ ।

उक्त सहरमा भएको अर्को हवाई आक्रमणमा धेरै प्यालेस्टिनीहरू घाइते भएको तथा अल–जाना क्षेत्रस्थित एक घरको आँगनमा पार्क गरिएको गाडीमा बम विस्फोट हुँदा एक जना नागरिक घाइते भएको स्रोतले उल्लेख गरेको छ । स्रोतका अनुसार विस्तापितलाई निशाना बनाएर गरेको हमलाका घाइतेहरूलाई कुवेतस्थित विशेष अस्पतालमा लगिएको थियो ।

कतार समाचार एजेन्सी (क्युएनए) का अनुसार खान युनसले आइतबार रातदेखि इजरायली धेरै घर विस्थापितको आश्रय स्थल तथा पार्क गरिएका सवारीलाई लक्षित गरी आक्रमण गरीरहेका छन् ।

गाजा पट्टीका विभिन्न सहरमा सोमबार भएको इजरायली हवाई आक्रमणमा करीव १६ जनाको मृत्यु हुनुका साथै दुई आवासीय घरहरूमा भएको आक्रमणमा चार जना नागरिकको मृत्यु भएको जनाइएको छ ।

अल–नुसिरात शरणार्थी शिविरको दक्षिणपश्चिम स्थित अल–सवारा क्षेत्रमा भएको इजरायली आक्रमणमा चार जना घाइते भएको सञ्चारमाध्यमले उल्लेख गरेका छन् इजरायलले जनवरी १९ देखि लागु भएको युद्धविराम सम्झौता अन्तर्गत दुई महिनाको युद्धविरामपछि गाजा पट्टीमा आफ्नो आक्रमण पुनः सुरु गरेको छ ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

Reporter

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit