Advertisement
Advertisement
Corporate Samachar
९ असार २०८३, मंगलवार
Advertisement

लहानमा दुई करोड बढी लागतमा आधुनिक तरकारी बजार निर्माण हुने

लहानमा दुई करोड बढी लागतमा आधुनिक तरकारी बजार निर्माण हुने
विज्ञापन
Advertisement

सिरहा । लहान नगरपालिकाले कृषि उत्पादनको व्यवस्थित बजारीकरणलाई प्राथमिकता दिँदै नयाँबजारस्थित खुट्टीखोला किनारामा आधुनिक तरकारी बजार निर्माण गर्ने भएको छ । नगरप्रमुख महेशप्रसाद चौधरीले दुई करोड २९ लाख ७४ हजार पाँच सय २० रुपैयाँ लागतमा बन्ने उक्त पक्की संरचनाको आज शिलान्यास गरेका छन् ।

विज्ञापन
Advertisement
Advertisement

जनसङ्ख्या र व्यपार व्यवसायका दृष्टिकोणले लहान मधेस प्रदेशकै तेस्रो मुख्य स्थानमा पर्ने भएकाले यहाँका किसानका उत्पादनलाई व्यवस्थित गरी बजारीकरण गर्न आधुनिक संरचना निर्माण गर्न लागेका नगरप्रमुख चौधरीको भनाइ छ ।

“जनसङ्ख्या र व्यपार व्यवसायका हिसाबले वीरगञ्ज र जनकपुरपछि लहान मधेस प्रदेशकै ठूलो बजार हो । तत्कालीन सगरमाथा अञ्चलको सबैभन्दा ठूलो व्यापारिक केन्द्र पनि लहान हो । यो ठाउँमा पहिलेदेखि अव्यवस्थित रूपमा हाट बजार चलिरहेकै थियो, यसलाई व्यवस्थित बनाउँन लागेका छौँ”, उनले भने, “बढ्दो जनघनत्वलाई मध्यनजर गर्दै बन्ने सुविधासम्पन्न संरचनाले यहाँका किसान, बजारवासी सम्पूर्णलाई प्रत्यक्ष लाभ पुग्ने विश्वास लिएको छु ।”

नगरप्रमुख चौधरीका अनुसार तीनवटा ‘ब्लक’ मा ८४ वटा सटरसहित दुई तले पक्की संरचना निर्माण हुनेछ । किसानलाई उत्पादन बिक्री गर्न सहज हुनेगरी स्टल उपलब्ध गराइने पनि उनले जानकारी दिए । हो विसं २०८३ असार २० गतेसम्म सम्पन्न गर्नेगरी निर्माणको ठेक्का सम्झौता भएको छ । लामो समयदेखि व्यवस्थित हाट बजार बनाउन प्रयास हुँदै आएको भए पनि यस पटक काम सुरू भएकाले यहाँका तरकारी व्यवसायीलाई उत्साहित तुल्याएको हाटबजार समितिका अध्यक्ष राजकुमार साहले बताए ।

उनले भने, “करिब पाँच बिघा क्षेत्रफलमा यहाँ हटिया सञ्चालन हुँदै आएको छ । हप्तामा सोमबार र शुक्रबार दुई दिन लाग्ने हटियामा पचासौँ हजार मानिस हटिया भर्न आउने गर्दछन् । यस्तो व्यस्त हाट बजारलाई नगरपालिकाले व्यवस्थित संरचना बनाइदिने कार्यले यहाँका तरकारी व्यवसायिलाई उत्साहित बनाउने काम गरेको छ ।”

बढ्दो जनसङ्ख्याको चापसँगै व्यवस्थित बजारको अभावमा राजमार्ग किनारमै बाटोलाई छेकेर तरकारी बजार सञ्चालन हुँदै आएको छ। आधुनिक बजारमा सेवा सुरू भएपछि दैनिक करोडौँको कारोबार हुने अपेक्षा व्यवसायीले गरेका छन् ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

Reporter

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit