Advertisement
Advertisement
Corporate Samachar
३० जेष्ठ २०८३, शनिबार
Advertisement
Advertisement
विज्ञापन
Advertisement

बेलायतको आर्थिक वृद्धिदर सुस्त, सन् २०२५ मा मात्र एक प्रतिशत वृद्धि हुने पूर्वानुमान

बेलायतको आर्थिक वृद्धिदर सुस्त, सन् २०२५ मा मात्र एक प्रतिशत वृद्धि हुने पूर्वानुमान
विज्ञापन
Advertisement

काठमाडाैं । बेलायतको अर्थतन्त्र सन् २०२५ मा केवल एक प्रतिशतले मात्र बढ्ने अनुमान गरिएको छ ।

विज्ञापन
Advertisement
Advertisement

बेलायतको पब्लिक फाइनान्स वाचडग अफिस फर बजेट रेस्पोन्सिबिलिटी (ओबीआर) ले भर्खरको प्रकाशनमा सन् २०२५ को लागि आफ्नो वृद्धि प्रक्षेपणलाई परिमार्जन गरेको छ, जसलाई बेलायती अर्थमन्त्री रेचेल रिभ्सले हाउस अफ कमन्समा आफ्नो बयानमा पुष्टि गरे ।

‘यस वर्षको कम वृद्धिको लगभग एक तिहाइले संरचनात्मक कमजोरी जस्तो देखिने कुरालाई प्रतिबिम्बित गर्दछ । यो उत्पादकतामा केन्द्रित छ,’ ओबीआरले जनाएको छ ।

यदि विश्वव्यापी व्यापार विवाद बढ्दै गयो भने यसले बेलायतको जीडीपी (कुल गार्हस्थ्य उत्पादन) १ प्रतिशतले घटाउन सक्छ,” ओबीआरले उल्लेख गरेको छ । बेलायतको वार्षिक उपभोक्ता मूल्य सूचकाङ्क (सीपीआई) मुद्रास्फीति पनि सन् २०२४ मा २.५ प्रतिशतबाट सन् २०२५ मा ३.२ प्रतिशतमा पुग्ने प्रक्षेपण गरिएको छ, जुन अक्टोबरको प्रक्षेपण भन्दा ०.६ प्रतिशतले बढी हो ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

Reporter

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit