Advertisement
Advertisement
Corporate Samachar
२८ जेष्ठ २०८३, बिहीबार
Advertisement
Advertisement
विज्ञापन
Advertisement

अमेरिका–इरान तनावले आकाशियो तेलको भाउ, डब्लुटिआई ९० डलर नाघ्यो

अमेरिका–इरान तनावले आकाशियो तेलको भाउ, डब्लुटिआई ९० डलर नाघ्यो
विज्ञापन
Advertisement

काठमाडौं। अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्यमा बुधबार उल्लेख्य वृद्धि भएको छ। अमेरिकी कच्चा तेल ‘ डब्लुटिआई’ र ब्रेन्ट क्रुड दुवैको मूल्य करिब २ प्रतिशतले बढेको हो ।

विज्ञापन
Advertisement
Advertisement

न्युयोर्क मर्केन्टाइल एक्सचेन्जमा जुलाई डेलिभरीका लागि डब्लुटिआई कच्चा तेलको मूल्य प्रतिव्यारेल १.८३ अमेरिकी डलर (२.०७) प्रतिशतले बढेर ९०.०३ डलर पुगेको छ। यस्तै, लन्डनस्थित आईसीई फ्युचर्स एक्सचेन्जमा अगस्ट डेलिभरीका लागि ब्रेन्ट क्रुडको मूल्य १.६५ डलर (१.८०) प्रतिशतले वृद्धि भई प्रतिव्यारेल ९३.१० डलरमा बन्द भएको छ। तेलको यो मूल्य वृद्धिले इन्धन आयात गर्ने मुलुकहरूको लागत बढाउने र विश्व बजारमा ऊर्जाको दबाब थप चर्काउने विश्लेषण गरिएको छ ।

अमेरिकी आक्रमण पछि होर्मुज जलमार्ग ठप्प
यो मूल्य वृद्धिको मुख्य कारण अमेरिका र इरानबीचको सैन्य टकराव हो। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको निर्देशनमा बुधबार अमेरिकी सेनाले इरानका विभिन्न सैन्य ठेगानाहरूमा तीव्र हवाई आक्रमण गरेको छ। यो आक्रमण लगत्तै इरानको इस्लामिक रिभोलुसनरी गार्ड कर्प्सले विश्वकै सबैभन्दा महत्त्वपूर्ण तेल ढुवानी मार्ग-होर्मुज जलमार्ग सबै प्रकारका जहाजहरूका लागि पूर्ण रूपमा बन्द गरिएको घोषणा गरेको छ ।

अमेरिकी सेनाले इरानको अनुचित र निरन्तर आक्रामकताको जवाफमा यो ‘आत्मरक्षात्मक’ कारबाही गरिएको बताएको छ। अर्कोतर्फ, इरानी सरकारी सञ्चारमाध्यमहरूका अनुसार होर्मुज जलमार्ग आसपासका क्युसिम टापु, बन्दर अब्बास, मिनाब र सिरिक सहरका सैन्य पूर्वाधार, राडार तथा सञ्चार प्रणालीमा भीषण विस्फोटहरू भएका छन् । दक्षिणी सहर करगानमा भएको बमबारीमा कम्तीमा दुईजना घाइते भएका छन् भने इरानले हवाई प्रतिरक्षा प्रणाली सक्रिय पारेको जनाएको छ।

यो तनाव होर्मुज जलमार्ग क्षेत्रमा अमेरिकी ‘अपाचे’ हेलिकोप्टर खसालिएको घटनापछि पुनः चर्किएको हो । इरानले अमेरिकामाथि गत अप्रिलमा भएको युद्धविरामको बारम्बार उल्लङ्घन गरेको आरोप लगाएको छ र अर्को सूचना नभएसम्मका लागि व्यापारिक जहाज र तेल ट्याङ्करसहित सम्पूर्ण आवतजावत रोकेको छ ।

ह्वाइट हाउसमा पत्रकारहरूसँग कुरा गर्दै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले वार्ता लम्ब्याएर इरानले अमेरिकालाई मुर्ख बनाउन खोजेको आरोप लगाएका छन् । उनले भने‘सम्झौताको विषयमा के हुन्छ, त्यो हेरौँला । हामी सम्झौताको निकै नजिक थियौँ । तर, उनीहरूले हामीलाई अल्झाइरहे र मुर्ख बनाउने प्रयास गरिरहे । किनभने उनीहरूले यसअघि केही निकै कमजोर राष्ट्रपतिहरूसँग व्यवहार गरेका थिए, तर अब त्यस्तो हुने छैन ।’

इरानका राष्ट्रपति मसुद पेजेस्कियानले सामाजिक सञ्जाल ‘एक्स’ मार्फत ट्रम्पको यस नीतिको कडा आलोचना गरेका छन् । उनले पूर्वाधार र यातायात सञ्जाललाई निशाना बनाउने धम्की दिनु शक्तिको प्रदर्शन नभई एउटा राष्ट्रको दृढ इच्छाशक्तिसामु देखिएको हतासाको सङ्केत भएको टिप्पणी गरेका छन् ।

विश्वको कुल तेल आपूर्तिको झन्डै पाँचौँ हिस्सा ओगट्ने होर्मुज जलमार्ग बन्द हुँदा विश्वभर नै इन्धनको मूल्य झनै महँगिने त्रास बढेको छ ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit