Advertisement
Advertisement
Corporate Samachar
१७ जेष्ठ २०८३, आईतवार
Advertisement
Advertisement
विज्ञापन
Advertisement

८ महिनामा ३ खर्ब ९० अर्बको सामान आयात

८ महिनामा ३ खर्ब ९० अर्बको सामान आयात
विज्ञापन
Advertisement

काठमाडौं ।  वीरगञ्ज नाका हुँदै चालु आर्थिक वर्षको आठ महिनामा तीन खर्ब ९० अर्ब १८ करोड मूल्य बराबरको वस्तु तथा सामान भित्रिएको छ ।

विज्ञापन
Advertisement
Advertisement

गत आवको आठ महिनाको तुलनामा चालु आवको सोही अवधिमा आयात ११ दशमलव ४० प्रतिशत अर्थात् ३९ अर्ब ९२ करोड बढीका सामान भित्रिएका हुन् । गत आवको आठ महिनामा तीन खर्ब ५० अर्ब २६ करोड रुपैयाँ मूल्य बराबरका वस्तु तथा सामान भित्र्याइएका थियो ।

वीरगञ्ज भन्सार कार्यालयका प्रमुख भन्सार प्रशासक दिपक लामिछानेले चालु आवमा पेट्रोलियम पदार्थ, भटमासको कच्चा तेल र सवारीसाधनको आयातमा उल्लेखनीय रूपमा वृद्धि भएको जानकारी दिए । उनका अनुसार चालु आवको आठ महिनामा एक खर्ब २२ अर्ब २० करोड मूल्य बराबरको विभिन्न पाँच किसिमका पेट्रोलियम पदार्थ आयात भएको छ । गत आवको सोही समयमा भने एक खर्ब २० अर्ब ५३ करोड मूल्य बराबरको पेट्रोलियम पदार्थको आयात भएको थियो ।

यो नाका हुँदै चालु आवको आठ महिनामा २९ अर्ब २९ करोड मूल्य पर्ने भटमास तेलको कच्चा पदार्थ आयात भएको छ । गत आवको सोही समयमा भटमासको कच्चा पदार्थ पाँच अर्ब ७८ करोड मूल्य बराबरको भित्रिएको थियो । चालु आवको आठ महिनामा २२ अर्ब ५१ करोड मूल्य पर्ने फलाम तथा फलामका सामग्री आयात भएकामा गत आवको सोही अवधिमा २१ अर्ब ९४ करोड मूल्य बराबरको आयात भएको थियो ।

चालु आवको आठ महिनामा २१ अर्ब ६७ करोड मूल्य पर्ने मेसिनरी तथा पार्टपुजा आयात हुँदा गत आवमा १८ अर्ब ६५ करोड मूल्य पर्ने सोही सामान आयात भएको थियो । चालु आवको आठ महिनामा ११ अर्ब ६८ करोड मूल्य बराबरका यातायातका सवारीसाधन आयात भएका छन् । गत आवको सोही अवधिमा १० अर्ब १० करोड मूल्य पर्ने सवारीसाधन आयात भएका भन्सार कार्यालयका प्रमुख भन्सार प्रशासक लामिछानेले जानकारी दिए ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

Reporter

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit