Advertisement
Advertisement
Corporate Samachar
२५ असार २०८३, बिहीबार
Advertisement

भाटभटेनीका सञ्चालक मीनबहादुर गुरुङलाई प्रभु बैंकका सिइओ अशोक शेरचनको अनुरोध: बाध्यतावश साना सामग्री लिनेहरूलाई माफी दिनुस्

भाटभटेनीका  सञ्चालक मीनबहादुर गुरुङलाई  प्रभु बैंकका  सिइओ अशोक शेरचनको अनुरोध: बाध्यतावश साना सामग्री लिनेहरूलाई माफी दिनुस्
विज्ञापन
Advertisement

काठमाडौ।  कोटेश्वरस्थित भाटभटेनी स्टोरमा शुक्रबार भएको घटनापछि, प्रमुख बैंकका सीईओ अशोक शेरचनले व्यवसायी तथा भाटभटेनीका सञ्चालक मीनबहादुर गुरुङलाई मानवियताको दृष्टिकोणबाट निर्णय लिन आग्रह गरेका छन्।

विज्ञापन
Advertisement
Advertisement

उनले तोडफोडमा संलग्न व्यक्तिहरू बाहेक, बाध्यतावश साना सामग्री लिनेहरूलाई माफी दिन अनुरोध गरेका छन्। शेरचनले भने, “तिनीहरूका परिवारहरू कमजोर आर्थिक अवस्थाका देखिन्छन्। ईदको सन्दर्भमा मानवीयता देखाउँदै माफी दिइदिनुहोस्। आफ्नै नेपाली दाजुभाइ-दिदीबहिनीहरू हुन्, बिचरा।”

साथै, उनले गुरुङलाई ती व्यक्तिहरूलाई रोजगारीको अवसर दिन सकिने सम्भावनाबारे पनि विचार गर्न आग्रह गरेका छन्। “परिस्थिति आम मानिसका लागि सजिलो छैन। तपाईंले धेरैलाई सहयोग गरिरहनुभएको छ। यदि सम्भव छ भने, तिनलाई रोजगारी दिनुहोस्,” शेरचनले उल्लेख गरे।

प्रहरीले शुक्रबारको घटनामा संलग्नलाई पहिचान गरी आवश्यक कारबाही अघि  बढाएको छ।भए पनि, व्यवसायी गुरुङले कसरी प्रतिक्रिया जनाउने भन्ने विषयमा सबैको चासो बढेको छ

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

Reporter

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit