Advertisement
Advertisement
Corporate Samachar
२४ असार २०८३, बुधबार
Advertisement

भ्रष्टाचारविरुद्धको दोस्रो राष्ट्रिय रणनीतिक योजना स्वीकृत, यस्ता छन् मन्त्रिपरिषद्का निर्णय

भ्रष्टाचारविरुद्धको दोस्रो राष्ट्रिय रणनीतिक योजना स्वीकृत, यस्ता छन् मन्त्रिपरिषद्का निर्णय
विज्ञापन
Advertisement

काठमाडौं । सरकारले कैलालीस्थित गेटा अस्पताललाई शिक्षण अस्पतालका रूपमा सञ्चालन गर्न स्वीकृति दिएको छ।

विज्ञापन
Advertisement
Advertisement

बुधबार बसेको मन्त्रिपरिषद् बैठकले गेटा अस्पताललाई शहिद दशरथचन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको शिक्षण अस्पतालका रूपमा सञ्चालन गर्न अनुमति दिने निर्णय गरेको हो। सरकारका प्रवक्ता तथा सञ्चार तथा सूचना प्रविधिमन्त्री सस्मित पोखरेलले मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्दै उक्त जानकारी दिएका हुन्।

मन्त्रिपरिषद्को बैठकले स्वास्थ्य, शिक्षा, प्रशासन तथा सुशासनसँग सम्बन्धित अन्य विभिन्न महत्वपूर्ण निर्णयहरू समेत गरेको छ। बैठकले काठमाडौं उपत्यका विकास प्राधिकरणको विकास आयुक्त पदमा सुरज शाक्य र प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव गोविन्दबहादुर कार्कीलाई नेपाल सरकारको मुख्य सचिव पदमा नियुक्त गर्ने निर्णय पनि गरेको छ।

त्यसैगरी, विदेशी शैक्षिक कार्यक्रम (सञ्चालन र नियमन) नियमावली, २०८३ तथा शैक्षिक परामर्श, भाषा शिक्षण तथा तयारी कक्षा (सञ्चालन र व्यवस्थापन) नियमावली, २०८३ स्वीकृत गरिएको प्रवक्ता पोखरले जानकारी दिए ।मन्त्रिपरिषद्ले कारागार नियमावली, २०८३ स्वीकृत गर्नुका साथै मानव अधिकारसम्बन्धी छैटौं राष्ट्रिय कार्ययोजना (२०८३/०८४–८७/०८८) र भ्रष्टाचारविरुद्धको दोस्रो राष्ट्रिय रणनीतिक योजना (२०८२/०८३–२०८७/०८८) समेत अनुमोदन गरेको छ।

सरकारले यी निर्णयमार्फत स्वास्थ्य सेवा विस्तार, शिक्षा क्षेत्रको नियमन, सुशासन प्रवर्द्धन तथा प्रशासनिक सुधारलाई प्राथमिकता दिएको जनाइएको छ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit