काठमाडौं । सम्पत्ति शुद्धीकरण आरोपमा अनुसन्धानमा रहेका नेकपा एमालेका उपाध्यक्ष एवं पूर्वअर्थमन्त्री विष्णु पौडेललाई थप ५ दिन हिरासतमा राख्न विशेष अदालतले अनुमति दिएको छ ।
विशेष अदालतका न्यायाधीशद्वय नारायणप्रसाद पौडेल र विदुर कोइरालाको इजलासले बुधबार पौडेलविरुद्ध चौथोपटक म्याद थप गर्ने आदेश दिएको हो। सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले थप अनुसन्धानका लागि समय माग गरेपछि अदालतले हिरासत अवधि बढाउने अनुमति दिएको छक।
पौडेललाई सम्पत्ति शुद्धीकरण कसुरमा अनुसन्धान गर्न विभागले गत असार ८ गते सुर्खेतबाट पक्राउ गरी काठमाडौं ल्याएको थियो । उनी हाल न्यायिक हिरासतमा छन् ।अनुसन्धानका क्रममा पौडेललाई अर्का आरोपी दीपक भट्टसँगको व्यावसायिक सम्बन्ध तथा ‘श्रीराम टोबाको उद्योग’को २० प्रतिशत सेयर किनबेचमा संलग्नताको आधारमा पक्राउ गरिएको विभागले जनाएको छ।















प्रतिक्रिया दिनुहोस्